
बुटवल– स्थानीय तहको निर्वाचनमा मनोनयन गर्ने पहिलो दिन रुपन्देहीको बुटवल उपमहानगरपालिकामा यो समाचार तयार पार्दासम्म दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।
बुटवल उपमहानगरका निर्वाचन अधिकृत लेखनाथ पौडेलकाअनुसार अहिलेसम्म दुई जना वडाध्यक्षको उम्मेदवारी मात्रै दर्ता भएको छ।
उनका अनुसार बुटवलको वडा नम्बर ३ र वडा नम्बर ७ को वडा अध्यक्षको लागि स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृत पौडेलका अनुसार वडा नम्बर ३ को अध्यक्षको लागि दिनेश भण्डारी र वडा नम्बर ७ को लागि प्रकाश क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन्।
गठबन्धनका दलहरुको उम्मेदवारको टुंगो नलागेकोले भोलिमात्रै मनोनयन गर्ने जनाएको छ भने राप्रपा र एमालेले पनि उम्मेदवार टुंग्याए पनि भोलिमात्रै मनोनयन गर्ने भएको हो।