गौतमबुद्ध विमानस्थलमा निगमको वाइडबडी विमानले परीक्षण उडान गर्ने

गौतमबुद्ध विमानस्थलमा निगमको वाइडबडी विमानले परीक्षण उडान गर्ने
+
-

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ।

वायुसेवा निगमको ३३० एयरबसले बिहीबार दिउँसो ३ बजे परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

बिहीबारको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको नेतृत्वमा मन्त्रालयको टोली आउने उनले जानकारी दिए।

विमानमा २६० जना यात्रु आउने र २ घण्टा विमानस्थल अवलोकन गर्ने उनले बताए। परीक्षण उडानका लागि यसअघि नै प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकले उपकरण सञ्चालनसम्बन्धी तालिम लिइसकेका छन्। अन्तर्राष्ट्रिय उडानका लागि १६/१७ दिन मात्रै बाँकी रहेकाले विमानस्थलभित्र पार्टेसन, फर्निचर व्यवस्थापन तथा अध्यागमन कार्यालयले आवश्यक तयारीको काम गरिरहेको उनले जानकारी दिए।

यसअघि थाइल्यान्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो।
नेपाल वायुसेवा निगमको जहाजबाट परीक्षण उडान भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्नेछ।

यान्त्रिक परीक्षण उडान सफल भएपछि सबैभन्दा पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि चासो दिएको थियो।

जजिराले लियो उडान अनुमति

गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी जजिराले अनुमति लिइसकेको छ। जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट जजिराले उडान गर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जजिरासँग हप्ताको तीन दिन उडान गर्ने गरी सम्झौता गरिसकेको छ।

यस्तै, अन्य वायुसेवा कम्पनी नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयरबीच र ओमन एयरले पनि चासो देखाएको प्राधिकरणले जनाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई पहिलो ६ महिना ल्यान्डिङ र पार्किङ शुल्कमा शतप्रतिशत र दोस्रो ६ महिनामा ५० प्रतिशत छुट दिने योजना प्राधिकरणको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले आगामी ५० वर्षसम्मको अन्तर्राष्ट्रियस्तरको उडान र अवतरणलाई थेग्ने गरी निर्माण गरिएको यो विमानस्थलबाट अब बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्ने बताए।

जेठ २ गते विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू भएपछि सुरुमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने प्राधिकरणले लक्ष्य लिएको दाहालले बताए।

७३ वर्षअघि २००६ सालदेखि सुरु गरिएको देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अगाडि बढाइएको थियो।

ठेक्का सम्झौता गर्दा निर्माण सुरु गरेको तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि २०७१ सालमा शिलान्यास गरिएको यो विमानस्थल ७ वर्षपछि मात्रै निर्माण सम्पन्न भएको हो।

चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब ८२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा विमानस्थलको भौतिक संरचना निर्माण गरेको थियो भने थाइल्यान्डको एरो थाई कम्पनीले ५० करोड लागतमा मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत उपकरण जडान र परीक्षणको काम सम्पन्न गरेको थियो।

विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि एकसाथ प्रतिघण्टा करिब ४ सय ५० जना यात्रुले सेवा लिन सक्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?