बुटवलमा अन्तत: सत्तारुढ गठबन्धन एकै ठाउँमा

बुटवलमा अन्तत: सत्तारुढ गठबन्धन एकै ठाउँमा
+
-

बुटवल – बुटवल उपमहानगरमा सत्तारुढ गठबन्धनका दलहरू एकैठाउँ उभिएका छन्।

जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका गठबन्धन भन्दा बाहिर गएर दिएका उमेदवारले उमेदवारी फिर्ता लिएका हुन्।

जनता समाजवादी पार्टीले प्रमुख र उपप्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएको छ।

यसअघि गठबन्धनमा सहमति नहुँदा प्रमुख, उपप्रमुख सहितका पदहरुमा उम्मेदवारी दिएको समाजवादीले केन्द्रमा भएको सहमतिको पालना गर्दै उम्मेदवारी फिर्ता लिएको हो।

शुक्रबार बुटवल निर्वाचन कार्यालयमा प्रमुखका उम्मेदवार सुरज हितान मगर र उपप्रमुखका उम्मेदवार सम्झना पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन्।

सत्तारुढ पाँच दलीय गठबन्धनको मर्म र भावना अनुसार गठबन्धनका संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुले उम्मेदवारी फिर्ता लिएको जनता समाजवादी पार्टी लुम्बिनीका मुख्यसचिव यज्ञ पोखरेलले बताए ।

यस्तै, राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्ण प्रसाद पोखरेल र उपप्रमुखका उम्मेदवार रेनुकुमारी सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

गठबन्धनमा रहेका जसपा र राजमोले एमालेविरुद्ध उभिन उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

बुटवल उपमहानगरमा गठबन्धनबाट प्रमुखमा कांग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन् ।

वडामा पनि सहमति भएको गठबन्धनले जनाएको छ । बुटवलमा एमालेबाट बाबुराम भट्टराई प्रमुखका उम्मेदवार छन् । बुटवल उपमहानगरमा ९० हजार मतदाता छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?