
बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ हजार ७५ गणना भएको छ ।
पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले १३ सय ५५ मतका साथ अग्रता कायमै राखेका छन् ।
नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीका संयुक्त उम्मेदवार एमालेका बाबुराम भट्टराईले ७ सय ४ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार मृगेन्द्र कुमार शेरचनले ५०९ मत ल्याएर एमालेलाई पछ्याइराखेका छन् ।
उपप्रमुखमा एमाले उम्मेदवार सावित्रा अर्यालले अग्रता हासिल गरेकी छिन्।
बुटवलमा वडा नं १ को गणना सकिएको छ । २ र १९ नम्बर वडाको मतगणना जारी छ ।
१ मा कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत अध्यक्षमा निर्वाचित भए भने सदस्यमा कांग्रेस उम्मेद्वार विजयी भएका छन्।