
अ
+
अ
अ
-
बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ ।
गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाणले १४३० मत गणना हुँदा ५५२ मत ल्याएका छन् ।
उनलाई नेकपा एमालेका मोहन चापागाईंले ५२४ मतका साथ पछ्याइरहेका छन् ।
तिलोत्तमामा वडा नम्बर १ र १७ को मतगणना भैरहेको छ ।
रूपन्देहीको देवदहमा एमालेले अग्रता लिएको छ। २१५० मत गणना हुदा एमालेका ध्रुव खरेलले ७९६ मत ल्याएका छन्।
गठबन्धनबाट काँग्रेसका हिरा केसीले ७५६ मत ल्याएर पछ्याईरहेका छन्।