पाल्पाको पूर्वखोलामा पुरानै जनप्रतिनिधि दोहोरिए

पाल्पाको पूर्वखोलामा पुरानै जनप्रतिनिधि दोहोरिए
+
-

बुटवल- पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पूरानै जनप्रतिनिधि दोहोरिएका छन्।

गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापा र उपाध्यक्षमा भागीरथी शर्मा भट्टराई विजयी भएका हुन्।

यसअघि पनि एमालेको तर्फबाट यी दुवैजना अध्यक्ष र उपाध्यक्ष थिए।

अध्यक्षमा थापाले ६ हजार ३९ मत प्राप्त गरेर जितेका छन् भने उपाध्यक्षमा भट्टराईले ५ हजार ८ सय ९४ मत पाएकी छिन्।

भागिरथी शर्मा भट्टराई।

अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरीले १ हजार २ सय ५७ मत प्राप्त गरे।

उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णु कुमारी आचार्यले २ हजार २ सय ५० मत प्राप्त गरिन्।

यसअघि २०७४ मा निर्वाचित हुँदा अध्यक्षमा थापाले ५ हजार ६ सय ३६ मत ल्याएका थिए भने भट्टराईले ५ हजार ५ सय ३१ मत ल्याएकी थिइन्।

उनीहरुका प्रतिस्पर्धीले भने यसपटक मतान्तर अरु घटाएका छन्।

यसअघि कांग्रेसका उम्मेदवार झमन बहादुर राजमगरले कांग्रेसबाट १ हजार ७ सय ३२ मत ल्याएका थिए भने कांग्रेसकै उपाध्यक्षकी उम्मेदवार पुष्पा गाहाले १ हजार ७ सय ४३ मत ल्याएकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?