गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदै, ९० जना यात्रु बोकेर आजै कुवेत जानेछ जजिराको जहाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदै, ९० जना यात्रु बोकेर आजै कुवेत जानेछ जजिराको जहाज
+
-

लुम्बिनी–रुपन्देहीको भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आज (सोमबार) उद्घाटन हुँदैछ।

भैरहवामा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार उद्घाटन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

आइतबार नै लुम्बिनी आइसकेका प्रधानमन्त्री देउवाले सोमबार बिहान ७ बजे विमानस्थलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

उद्घाटनसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रुपमा व्यवसायिक उडान शुरु हुनेछ। लुम्बिनीबाट करिब २२ किलोमिटको दूरीमा निर्माण गरिएको विमानस्थलले बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग हवाई सम्पर्क स्थापित गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए।

उनका अनुसार सोमबार बिहानै कुवेतको जजिरा एयरलाइन्सले पहिलो व्यवसायिक उडान भरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ। जसका लागि विमानस्थलमा स्वागतको तयारी गरिएको छ।

बुद्ध पूर्णिमाको अवसर पारेर कुवेतको जजिरा एयरलाइन्सको जहाज पहिलोपटक सोमबार बिहान १ सय ७५ जना यात्रु बोकेर विमानस्थलमा अवतरण गर्ने विमानस्थलका महाप्रबन्धक दाहालले जानकारी दिए।

बिहान भैरहवा आएको जहाज आज सोमबार नै ९० जना यात्रु बोकेर कुवेत फर्किने उनले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?