
लुम्बिनी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री देउवा र समकक्षी मोदीको उपस्थितिमा नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएकाे हाे।
भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे।
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर), त्रिभुवन विश्वविद्यालय नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) र आइसिसीआर, काठमाडौँ विश्वविद्यालय र आइसिसीआर, सोही विश्वविद्यालय र चेन्नईस्थित भारतीय प्रविधि प्रतिष्ठानसँग अन्य दुईवटा सहमतिपत्रमा हस्ताक्षर भएकाे हाे।
प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । यद्यपि उनको याे पहिलाे लुम्बिनी भ्रमण हाे। उनले प्रधानमन्त्रीको पहिलो कार्यकाल छँदै चारवटा भ्रमण गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जन्मस्थल लुम्बिनी आएका हुन्।
मोदी ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय सेनाको हेलिकप्टरबाट सिधै लुम्बिनीस्थित हेलिप्याडमा उत्रिएका थिए।