
लुम्बिनी – २५६६ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको मूल कार्यक्रम सुरु भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पर्यटनमन्त्री प्रेम आलेको उपस्थितिमा कार्यक्रम सुरु भएको हो।
आजै बौद्ध सम्मेलन ध्यान केन्द्रको उद्घाटनसमेत भएको छ। यो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै भैरहवा आएका हुन्। भारतीय प्रधानमन्त्री मोदी भने सोमबार बिहान लुम्बिनी आइपुगेका थिए।
मोदीले मायादेवी मन्दिरको दर्शन पनि गरेका छन्।
आजै प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवा र समकक्षी मोदीको उपस्थितिमा नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएकाे छन्।
तस्बिरहरुः सी.पी. खनाल/देश सञ्चार।