‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीको गौरव बढ्यो’

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीको गौरव बढ्यो’
+
-

लुम्बिनी– प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीको गौरव बढेको भन्दै प्रशंसा गरेका छन्।

२५६६औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा प्रधानमन्त्री देउवाले बुद्ध जन्मस्थल लुम्बिनी आएका भारतीय समकक्षी मोदीको उपस्थितिले लुम्बिनीलाई विश्वभर परिचित तुल्याउन थप योगदान भएको बताए।

भारतीय प्रधानमन्त्रीको भ्रमणले लुम्बिनीलाई विश्वभर परिचित तुल्याउन योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे। प्रधानमन्त्री देउवाले यसअघि मोदीले जनकपुर, मुक्तिनाथ, पशुपतिनाथमा भ्रमण गरेर दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन भूमिका खेलेकोमा प्रशंसा गरेका थिए।

‘यस्ता भ्रमणले ती तीर्थस्थलमा भारतीय पर्यटकको संख्या उलेख्य रुपमा वृद्धि भएको छ,’ उनले भने, ‘यसका लागि प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गर्न चाहन्छु।’

उनले लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको उद्घाटन र भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले लुम्बिनी आउन चाहने पर्यटकका लागि सिधै हवाई सम्पर्क स्थापित भएको भन्दै यी दुई पूर्वाधारले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताए।

प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गरे।

‘नेपालको पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार, जलविद्युत्, कृषि तथा मानव संसाधन विकास र भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले पुर्‍याएको अमूल्य सहयोगप्रति आभार व्यक्त गर्दछौं,’उनले भने। देउवाले पर्यटन प्रवर्द्धनमा नेपाललाई साथ दिनका लागि भारतलाई अनुरोध गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?