
बुटवल – पाल्पाको निस्दी गाउँपालिकामा नेकपा (एमाले)ले सबै वडासहित जित हात पारेको छ। सातवटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एमाले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अध्यक्षमा मुक्तबहादुर सारूले ६ हजार ६५२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दप्रसाद अर्यालले ३ हजार ४६६ मत प्राप्त गरे।
उपाध्यक्षमा पनि एमालेकी तीरन कुमारी श्रेष्ठ विजयी भइन्। उनले ६ हजार ६३८मत प्राप्त गरेकी छन्।