
बुटवल – गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल निर्वाचित भएका छन्।
देशका अधिकांश स्थानमा एमाले इतरसँग तालमेल भएपनि धुर्कोटमा माओवादीले एमालेसँग तालमेल गरेको थियो। धुर्कोटको उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएकी छन्।
माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याए।
उपाध्यक्षमा निर्वाचित एमालेकी गिरीले ६ हजार १ मत ल्याइन्। उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याएका छन्।
अध्यक्षमा निर्वाचित पोखरेल यसअघि पनि गाउँपालिका अध्यक्ष थिए।