रुपन्देहीको तिलोत्तमामा रोकियो गणना, कर्मचारीले बदमासी गरेको आरोप

रुपन्देहीको तिलोत्तमामा रोकियो गणना, कर्मचारीले बदमासी गरेको आरोप
+
-

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणनामा खटिएका कर्मचारीले बदमासी गरेपछि मतगणना रोकिएको छ।

मतगणनामा खटिएका कर्मचारीले बदमासी गरेर नेपाली कांग्रेसले पाएको खास मतलाई घटाएको पाइएपछि मतगणना रोकिएको हाे।

मतगणनास्थल अहिले तनावग्रस्त छ। कांग्रेसका कार्यकर्ताले मतगणनामा बदमासी गर्नेलाई कारबाही गरिनुपर्ने र स्वतन्त्र व्यक्ति सहभागी गराइनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्।

मतगणनामा एमाले निकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउने योजनाका साथ लागेको आरोप लगाएको छ।

निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले नै गणनामा गडबडी भएको पाइएको भन्दै मतगणना स्थगित गरेको हाे।

गणनामा खटिएका कर्मचारी गणेश गौतमले बदमासी गरेर एमालेको १४ मतलाई ४१ मत बनाइदिएको कांग्रेसको आरोप छ।

वडा न २ को गणनामा एमालेले पाएको वास्तविक ५९ मतलाइ ९५ भनेर टिपाइएको पाइएको छ।

आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेका बेला विवादभएको हो। अहिले सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले जानकारी दिए।

उनका अनुसार ५९ र १४ मतपरिणामबारे दलहरुबीच सहमति गरेर अहिलेसम्मको नतिजा प्रकाशन गर्ने र मतगणना अघि बढाइनेछ।

मतगणनामा तिलोत्तमाकै कर्मचारी खटाउने या नखटाउने भन्नेबारे पनि छलफल भइरहेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?