बुटवलमा लगातार अग्रता बढाउँदै कांग्रेसका खेलराज

बुटवलमा लगातार अग्रता बढाउँदै कांग्रेसका खेलराज
+
-

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले एमाले उम्मेदवारसँगको अन्तरलाई थप फराकिलो बनाएका छन्।

बुटवल उपमहानगरपालिकामा २७ हजार ३४४ मतगणना हुँदा प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेयले १३ हजार ४१८ मतसहित अग्रता कायम राखेका छन्। नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई उनीभन्दा निकै पछाडि परेका छन्। बाबुरामले अहिलेसम्म ८ हजार ९७२ मत पाउँदै ४ हजार ४४६ मतले पछि छन्।

राप्रपाका मृगेन्द्रकुमार शेरचन २ हजार ३७४ मत ल्याउँदै तेश्रो स्थानमा छन्।

उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले ९ हजार ९७८ मतसहित अग्रता लिइरहेकी छन्। उनलाई नेकपा एसका चिनबहादुर गुरुङले ७ हजार २७७ मतसहित पछ्याइरहेका छन्। उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेयले ३ हजार ३०७ मत पाएकी छन्।

६० हजारभन्दा बढी मत खसेको बुटवलका १९ वडामध्ये वडा नं १ मा कांग्रेसका बागी नरेन्द्र बस्नेत, २ मा नेकपा एसका सुनिल शाक्य, ३ मा रुख चिन्हबाट लडेका विष्णुप्रसाद ढकाल, ४ मा कांग्रेसका नरिश्वर पौडेल, ५ मा कांग्रेसका हरिप्रसाद श्रेष्ठ, ६ मा कांग्रेसका लोकनाथ न्यौपानेले जितेका छन्।

यस्तै वडा नं १६ मा कांग्रेसका कृष्णप्रसाद पौडेल, १७ मा कांग्रेसका ज्ञान बहादुर रेश्मी, १८ मा एमालेका गुरुप्रसाद पंगेनी र १९ मा एमालेका चन्द्र सिंह थापाले जितेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?