
काठमाडाैँ- बर्दियाको ठाकुरबाबा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तिलक लम्साल विजयी भएका छन्।
उनले खसेको कुल २४ हजार ३ सय २० मतमा ९ हजार ४२ मत पाए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका घन नारायण श्रेष्ठले ६ हजार ५ सय ८१ मत पाए। श्रेष्ठ निवर्तमान मेयर हुन्।
यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रराज आचार्यले ६ हजार ८ सय अठार मत पाए भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार दुर्गाप्रसाद जैसीले १ सय, राप्रपाकी उम्मेदवार पार्वती लम्सालले १ सय ६४ मत प्राप्त गरे।
नगरपालिकाकाे उपप्रमुखमा एमालेकी विना भट्टराई विजयी भएकी छन्। उनी ८ हजार १ सय ७६ मत प्राप्त गरी विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जुकुमारी चौधरीले ७ हजार ६ सय ७४ मत पाइन्।
नगरपालिकाका अधिकांश वडामा कांग्रेसले जितेको छ। नगरमा यसअघि एउटा वडा (७) जितेको नेपाली कांग्रेसले पाँचवटा वडा जितको छ। कांग्रेसले २, ४, ६, ७ र ८ वडामा जितेको हाे।
यसअघि पाँच वडा जितेको एमाले एक वडामा खुम्चिएको छ। एमालले ३ नम्बर वडामा मात्र विजयी भएको हाे। माओवादी तीनवटा वडामा विजयी भएको छ।
यता, कांग्रेसका जय पौडेल वडा नं ६ मा विजयी भएका छन्। खसेको कुल २२ सय १० मतमा उनले ९ सय ८५ मत पाए भने एमालेका दिपक थापाले ७ सय ९६ मत पाए।
यसअघि यस वडामा नेकपा एमालेबाट भवानी भुषाल वडा अध्यक्ष थिए। उनले अहिलेका जय पौडेललाई हराएका थिए।