रूपन्देहीको सैनामैनामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

रूपन्देहीको सैनामैनामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
+
-
बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।
गठबन्धनबाट उम्मेदवार भएका नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्माले २०७४ सालमा आफूलाई पराजित गरेका नेकपा एमालेका चित्रबहादुर कार्कीसँग बदला लिदै जित हात पारे।
शर्माले कार्कीलाई ५ सय ८२ मतान्तरले पराजित गरेका हुन्। शर्माले १५ हजार ६ सय ८६ मत ल्याउदा कार्कीले १५ हजार १ सय ४ मत ल्याए।
कार्कीले २०७४ सालमा कांग्रेसका उनै शर्मालाई हराएर प्रमुखमा निर्वाचित भएका थिए। त्यसबेला कार्कीले शर्माभन्दा २ हजार ७३१ मत बढी ल्याएका थिए।
कांग्रेसले प्रमुखमा बदला लिएपनि उपप्रमुखमा भने एमालेकै बिना राना दोहोरिएकी छन्।
रानाले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मानबहादुर महत (नारायण) लाई २ हजार ४२ मतान्तरले पराजित गरिन्। २०७४ सालमा पनि एमालेबाटै उपप्रमुखमा निर्वाचित भएकी रानाले यसपालि १५ हजार ७ सय ६२ मत पाउँदा महतले १३ हजार ७ सय २० मत पाए।
११ वडा रहेको सैनामैनामा एमालेले ७ वटा वडामा जितेको छ भने कांग्रेसले ३ र माओवादी केन्द्रले एउटा वडामा जित हासिल गरेको छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?