
वीरगञ्ज – रौतहटको फतुवा विजयपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार नगरपालिकको मेयरमा कांग्रेसका गोपाल राय यादव ४ हजार ५८१ मत ल्याएर विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय यादवले ३ हजार ३६१ मत प्राप्त गरे। उप मेयरमा कांग्रेसकी अमबेया खातुन ५ हजार १६२ मत ल्याएर निर्वाचित भइन्।
उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कान्ती देवी ले ३ हजार ६६८ मत ल्याइन्।
एघार वटा वडा रहेको नगरपालिकाको नम्बर १,३,४,५,७ र ८ मा कांग्रेसले वडाध्यक्ष जितेको छ।
वडा नम्बर २, ६ र १० मा एमालेले वडाध्यक्षमा बाजि मारेको छ। वडा नम्बर ११ मा जनता समाजवादी पार्टीले वडाधय्क्ष जितेको छ।