खाल्डाखुल्डीले अस्तव्यस्त बनेको बुटवलको मुख्य सडककाे मर्मत सुरु

खाल्डाखुल्डीले अस्तव्यस्त बनेको बुटवलको मुख्य सडककाे मर्मत सुरु
+
-

बुटवल- बुटवल उपमहानगरपालिकाले चासो देखाएपछि बुटवलको मुख्य सडक मर्मत गर्न थालिएको छ।

संघीय सरकार अन्तर्गतको आयोजना भएपनि सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले काम अघि नबढाएपछि बुटवल उपमहानगरपालिकाले काम अघि बढाउन निर्देशन दिएको थियो।

बुटवल उपमहानगरपालिकाको निर्देशनपछि ठेकेदार कम्पनीले राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाइन, ट्राफिक चोक लगायतका स्थानमा खाल्डा पुर्ने र सम्याउने काम थालेको हाे।

ठेकेदार कम्पनीको कामलाई नियमित र गुणस्तरीय बनाउन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नियमित रूपमा अनुगमन गरेका छन्।

वर्षायाम आउँदै गरेको र वर्षायाममा थप समस्या हुन सक्ने भएकाले छिटो काम सक्नका लागि आफूले नियमित अनुगमन गरेको प्रमुख पाण्डेले बताए।

बुटवलको मुख्य सडकको सुधारमा सडक डिभिजन र ठेकेदार कम्पनीसँग निरन्तर छलफल गरेर समस्या समाधानका लागि अगुवाइ गरेकाे उनकाे भनाइ छ।

‘यो सडक बुटवलको मात्रै नभई सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्गको भाग पनि हो। यो बाटो बिग्रिँदा सडकका यात्रु, आसपासका व्यवसायी, बासिन्दाले त दुःख पाउनुभएकै छ। यसले बुटवलकै इमेजलाई समेत असर गर्छ, त्यसैले छिटोछिटो यो बाटो बनाउनुपर्छ। त्यसका लागि बुटवल उपमहानगरपालिकाले के गर्नुपर्छ, मैले के गर्नुपर्छ, त्यो सबै गर्छु’, उनले भने।

ठूलाठूला खाल्डा, धुलो र हिलोले मुख्य सडक नै अस्तव्यस्त बनेपछि तत्काल निर्माणको काम अघि बढाउन बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेले पद बहाली गरेकै दिनदेखि चासो देखाएका थिए ।

उपमहानगरपालिकामा पदबहाली गरेपछि पाण्डेले सडकका खाल्डा पुर्ने र सडक सुधार गर्न सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीलाई निर्देशन दिने निर्णय गरेका थिए।

बुटवलको सडकका खाल्डाखुल्डी पुर्न, सम्याउन र धुलोहिलोको समस्या समाधानका लागि निरन्तर छलफल गरेर समस्या समाधानका लागि अगुवाइ गरेको बुटवल उपमहानगरपालिकाका सहरी पूर्वाधार विकास शाखाका प्रमुख सुमन श्रेष्ठले जानकारी दिए।

‘सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीसँग निरन्तर छलफल गरेर बुटवलको बाटोको समस्या समाधान गर्नुपर्‍याे भन्नेमा मेयरसाबले नै चासो देखाउनुभएको थियो। त्यसपछि काम सुरु भएको छ’,उनले भने।

उपमहानगरपालिकाको निर्देशनपछि बुटवलको मुख्य सडकका खाल्डा पुर्ने र सम्याउने काम सुरु गरेको ठेकेदार कम्पनी द कञ्चनजंगाविरुवा जेभी कन्स्ट्रक्सनका इन्जिनियर प्रवीण मिश्रले बताए।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बुटवल उपमहानगरको चासो र सक्रियतापछि बुटवलको सडकका खाल्डाखुल्डी पुर्न र सम्याउनका लागि ठेकेदार कम्पनीले काम थालेको बताए।

बुटवलको विस्तार थालिएको मुख्य सडक राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर सडक निर्माणका लागि ठेक्का भइसके पनि ठेकेदारले समयमा काम नगर्दा निर्माणको काम अलपत्र परेको थियो।

४ लेनबाट बढाएर ६ लेन बनाउन २०७३ देखि निर्माण प्रक्रिया अघि बढाइएको थियो। बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाले २०७३ चैतमा ३० महिनामा सक्नेगरी ठेक्का दिए पनि ठेक्का लिने कम्पनी कञ्चनजंगा बिरुवा जेभीले विभिन्न बहानामा काममा ढिलासुस्ती गर्दै आएको थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?