लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवललाई आर्थिक र कपिलवस्तुलाई साँस्कृतिक राजधानी बनाउने योजना (पूर्णपाठ)

बुटवललाई आर्थिक र कपिलवस्तुलाई साँस्कृतिक राजधानी बनाउने योजना (पूर्णपाठ)
+
-

बुटवल – लुम्बिनी प्रदेश सरकारले बुटवललाई आर्थिक र कपिलवस्तुलाई साँस्कृतिक राजधानी बनाउने योजनासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबार प्रदेशसभामा ०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

नीति तथा कार्यक्रमलाई पुराना योजनालाई निरन्तरता दिइएको छ भने अधिकांश साना योजनाहरुलाई अघि सार्दै नीति कार्यक्रम सार्वजनिक गरेको हो।

समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने संकल्पसहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कृषि, पर्यटन, शिक्षा, रोजगारीलाई प्राथमिकतामा राखिएको छ।

प्रदेश प्रमुख शेरचनले प्रदेशको गौरवको आयोजनाका रुपमा प्रादेशिक राजधानी व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, रामपुर कपुरकोट जीवराज आश्रित कृष्णसेन इच्छुकमार्गका रुपमा अघि बढाउने उल्लेख गरेका छन्।

लगानीमैत्री वातावरण निर्माण,उत्पादन र उत्पादकत्व वृद्धि पूर्वाधार निर्माण,खानेपानी र विद्युतमा पहुँच, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र सुशासनलाई प्रवर्द्धन गर्ने प्राथमिकतामा राखिएको छ।

प्रदेश प्रमुख शेरचनले गौतमबुद्ध विमानस्थलमा प्रदेशका पहिचान झल्किने खालका स्थानीय उत्पादन बिक्रीका लागि निजी क्षेत्रलाई कोशेली घर सञ्चालन गर्न दिने, प्रदेशका प्रमुख शहरहरु जोड्ने रुटहरुमा विद्युतीय बस सञ्चालन गर्न यातायात कम्पनी स्थापना गर्ने योजना अघि सारेको छ।

नौमुरी बहुउदेश्यीय जलाशययुक्त परियोजनालाई संघीय सरकारसँग समन्वय गरेर प्रदेशको महत्वपूर्ण योजनाका रुपमा अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्राविधिक जनशक्ति उत्पादन र विकास गर्न लुम्बिनी प्राविधिक विश्व विद्यालय स्थापना गर्ने योजना अघि सारेको छ। प्रदेश सरकारले बृहत बुद्ध सर्किटको अवधारणा अघि सार्दै प्रदेशका सबै जिल्लालाई पर्यटकीय गन्तव्य जोडिने गरि बाइसे चौविसे पर्यटकीय सर्किट बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

समृद्धिका लागि सञ्चार अभियानअन्तर्गत पत्रकार र सञ्चारकर्मीका लागि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। प्रदेश चलचित्र विकास बोर्ड गठन, एकीकृत भौगोलिक सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याइने प्रदेश प्रमुख शेरचनले बताए। नागरिकका गुनासा सम्बोधन गर्नका लागि ‘हेल्लो मुख्यमन्त्री कक्ष’ सञ्चालन गरी थप प्रभावकारी बनाउने नीति कार्यक्रममा उल्लेख छ।

स्वास्थ्यमा आम जनताको अधिकारलाई पूर्णता दिनका लागि स्वास्थ्य भवन निर्माण, औषधिको उपलब्धतालगायतको कार्यक्रम गरिने प्रदेश प्रमुख शेरचनले बताए। लुम्बिनी प्रादेशिक मुलककै नमूना अस्पताल तथा मुलकै नमूना मेडिकल कलेज सञ्चालन गरिने उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?