पानी अभावबारे बुझ्दै बुटवल उपमहानगरका जनप्रतिनिधि

पानी अभावबारे बुझ्दै बुटवल उपमहानगरका जनप्रतिनिधि
+
-

बुटवल – बुटवल उपमहानगरपालिकामा खानेपानी समस्याबारे जानकारी लिन जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन्।

दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग रहेको बुटवलमा २ करोड ४० लाख लिटर जति मात्रै पानी उपलब्ध रहेको अवस्थामा पानीको श्रोत पहिचानका लागि साथै शुद्ध पानीको पहुँच पु¥याउनका लागि जनप्रतिनिधिले बुटवलस्थित मुहानको स्थलगत अवलोकन गरेका हुन्।

शनिबार नगरप्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकाल, खानेपानी संस्थानका सव इन्जिनियर विजय श्रेष्ठ, कांग्रेस नेता छायाँ पोखरेल, स्थानीय बासिन्दासहितको टोलीले बुटवल चिडियाखोलाको मुहानको अवलोकन गरेको हो।

बुटवलमा वितरण भएको पानीमध्ये ६० प्रतिशत पानी तिनाउ नदीको चिडियाखोलाबाट पम्पले तानेर वितरण हुन्छ। सोही स्थानको अवलोकनपश्चात् नगरप्रमुख खेलराज पाण्डेले बुटवलमा शुद्ध र पर्याप्त पानी वितरणका लागि बुटवल उपमहानगरपालिका, खानेपानी संस्थानका साथसाथै प्रदेश र संघीय सरकारसँग समेत समन्वय गरिने बताए।

‘बुटवलमा कैयौं वर्षदेखि शुद्ध र पर्याप्त पानीको अभाव छ, यो अभाव पूर्ति गर्नका लागि हामीले हाम्रो बजेटले भ्याएसम्म हाम्रो बजेटबाट र बाँकी ठूला योजनाका लागि प्रदेश र संघसँग समेत समन्वय गरेर बुटवलको मुख्य समस्यामध्येको खानेपानी समस्या समाधान गर्नेछौं’, उनले भने।

खानेपानी संस्थान बुटवलका सव इन्जिनियर विजय श्रेष्ठका अनुसार बुटवलमा दैनिक ३ करोड ३२ लाख लिटर पानीको माग छ। ‘तिनाउको पानी तानेर शुद्धीकरण गरेर वितरण गरिएको छ, उनले भने–वर्षामा धमिलो पानी आएमा वितरण रोकिन्छ, यसले पानीको अभाव बढाउँछ।’

बुटवलमा पानीको वितरण पुगनपुग २ करोड ४० लाख लिटर मात्रै छ। हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ।

अहिले १६ हजार धारामा सो पानी आउँछ। हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ। त्यसबाहेक १९ वटा बोरिङमार्फत पनि पानी वितरण गरिएको छ। तर, तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमीन मुनीको पानीको सतह घट्दै जाँदा बोरिङबाट पानी कम आउँछ। जसकारण बुटवलमा पानीको अभाव वर्षेनी चुलिँदो छ।

बुटवलको त्यही खानेपानी समस्या समाधान गर्ने उद्देश्यले २६ वर्षअघि सिस्ने खानेपानी आयोजना सुरु भएको थियो।
पाल्पाको झुम्सास्थित सिस्ने खोलाबाट दैनिक ७ लाख लिटर पानी बुटवल ल्याउने योजनासहित २०५२÷०५३ मा आयोजना सुरु भएको थियो।

तर, सो आयोजना पटक पटक रोकिदै आएको छ। आयोजनाले निर्धारित समयमा काम नसक्दा पानी अभाव अरु बढ्दै गएको छ। आयोजना छिटै सम्पन्न गर्नका लागि समन्वय र सहकार्य गरिने नगरप्रमुख पाण्डेले बताए।

‘झुम्साको पानी बुटवलमा ल्याएर वितरण गर्न सकियो भने अहिलेजस्तो अभाव हट्ने थियो, उनले भने–त्यो आयोजनाको काम के के भइरहेको छ, त्यसबारे हामीले छिटै नै प्रगति विवरण हेरेर आयोजना, प्रदेश सरकार र संघ सरकारसँग समन्वय गरेर अघि बढ्दा प्रभावकारी हुन्छ, त्यसैअनुसार गर्छौं।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?