लुम्बिनीमा रोकियो बजेट, प्रदेशसभा बैठक स्थगित

लुम्बिनीमा रोकियो बजेट, प्रदेशसभा बैठक स्थगित
+
-

बुटवल- सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ।

राज्यमन्त्री विमलाकुमारी खत्री वलीले महिला र बालिकामाथि गरेको दुर्व्यवहारबारे मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने एमालेले निर्णय गर्दै सदन अवरोध गरेपछि बैठक स्थगित भएको हो।

नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार दिउँसो गरेको निर्णयअनुसार बैठकमा प्रमुख सचेतक भूमिश्वर ढकालले बोल्दै मुख्यमन्त्रीको जवाफ मागेका थिए।

लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीले बुधबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी थियो।

मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ।

राज्यमन्त्री विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ। एमाले संसदीय दलका नेता शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले सवैधानिक हिसाबले बजेट असार १ गते नै ल्याउनुपर्ने प्रावधानले सदन सुरु हुनासाथ विरोध जनाउने र आफ्नो कुरा राख्ने निर्णय गरेको छ।

एमालेले फरक मत राखेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले जवाफ दिएपछि मात्रै बजेट पेस गर्न दिने निर्णय भएको एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले बताए।

सरकारले भने एमालेले बजेट प्रस्तुत गर्न नदिने भएपछि राज्यमन्त्री बिमलाको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा बनेकोसमितिमा कानुन महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री रमा घर्ती र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन्।

समितिले १५ दिनभित्र घटनाबारेमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार पार्ने सरकारका प्रवक्ता एवम् समितिका संयोजक शर्माले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?