बुटवलमा चुरेको पहिरो रोक्न वृक्षरोपण

बुटवलमा चुरेको पहिरो रोक्न वृक्षरोपण
+
-

बुटवल- चुरे पहाडको पहिरो रोक्नका लागि बुटवलमा वृक्षरोपण गरिएको छ। बुटवलको ज्योतिनगरस्थित चुरे पहाडबाट पहिरो खसेको ठाउँमा पर्खाल लगाउनुका साथसाथै वृक्षरोपण गरिएको हो।

बिहीबार चुरे दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाको आयोजना, राष्ट्रपति चुरे तराई-मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवल र नेपाली सेनाको श्री गरुड दल गण रामनगर ब्यारेक बुटवलको सहकार्य र समन्वयमा बाँसका बिरुवा रोपिएको हो।

पहिरो रोकथामका लागि पर्खाल लगाइएको क्षेत्र आसपासमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाली सेनाका जवान र स्थानीयसहितको टोलीले बिरुवा रोपेकाे छ।

बिरुवा रोपेपछि नगरप्रमुख पाण्डेले ज्योतिनगर क्षेत्रको पहिरो रोकथामका लागि पर्खाल लगाउने, पानीको बहाव परिवर्तन गर्ने र वृक्षरोपण गरिएको बताए।

नगर प्रमुख पाण्डेले भने, ‘यो पहिरो बुटवलकै लागि जोखिम बनेको छ, यसलाई रोक्न प्राविधिकहरूको सल्लाहअनुसार तारजालीसहितको पर्खाल लगाउने, पानीको वहाव परिवर्तन गर्ने र वृक्षरोपण गर्ने गरेका छौँ। यसो गर्दा पहिरो नियन्त्रण हुन्छ भन्ने विश्वास प्राविधिकहरुले दिलाउनुभएको छ, त्यसमा हामी विश्वस्त छौँ।’

उनले पहिरोको जोखिम कम गर्न र दीर्घकालीन रुपमै समाधान गर्नका लागि बिरुवा रोप्ने र संरक्षण गर्ने काममा नगरले ध्यान दिएको बताए।

‘यसमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको समेत साथ लिएर स्थानीयलाई जोखिमबाट मुक्त गर्नका लागि हामीले प्रयत्न गरिरहेका छौँ’, उनले भने, ‘यसमा स्थानीयको पनि साथ छ र नेपाली सेनाले पनि हामीलाई साथ दिएको छ। सबै मिलेर लागेपछि यहाँको समस्या समाधान हुन्छ।’

नगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले पहिरो नियन्त्रणका बुटवल उपमहानगरपालिकाले निरन्तर रोकथामका कार्यक्रम र जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको बताए।

बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर योगेश चापागाईका अनुसार ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा भूक्षय नियन्त्रणका लागि ९ सय वटा बाँसका बिरुवा रोपिएको बताए।

बाँस छिटो हुर्किने र पहिरो रोक्नका लागि उपयोगी हुने भएकाले बाँसका बिरुवा रोपेको उनकाे भनाइ छ।

वृक्षरोपण कार्यक्रममा बुटवल वडा नं ३ का अध्यक्ष विष्णु ढकाल, ४ का अध्यक्ष नरिश्वर शर्मा, ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ बुटवलका प्रमुख राजन रेग्मी, नेपाली सेनाको श्री गरुड दल गण रामनगर ब्यारेक बुटवलका निमित्त गणपति मेजर मनोज डंगोल, मेजर कुवेर कार्कीलगायत नेपाली सेनाका जवान र स्थानीयको सहभागिता थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?