बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट

बुटवलले ल्यायो २ अर्ब ३५ करोडको बजेट
+
-

बुटवल- बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेको छ।

उपमहानगर नगर सभाको एघारौं अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रादेवी अर्यालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट पेश गरेकी हुन्।

बुटवलको बजेटको अंशमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानवापत् १ करोड ६१ लाख ३३ हजार, शशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान २ करोड ९९ लाख रहेको छ।

यस्तै, राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको अ.ल्या. को ३४ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

नगर सभामा बजेट पेश गर्दै उपप्रमुख अर्यालले उपमहानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरु पनि घोषणा गरेकी छिन्।

बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?