बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ-उपप्रम यादव

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ-उपप्रम यादव
+
-

पर्सा- उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्थानीय तहमा गएको बजेटलाई सदुपयोग गरिए पाँच वर्षमा राष्ट्रकै मुहार फेरिने धारणा व्यक्त गरेका छन्। उनले हालसंघीय सरकार, प्रदेशिक सरकारले स्थानीय तहमा पठाएको बजेटलाई इमान्दारीपूर्वक पूर्वाधार विकासमा खर्च गरिए मलुकको मुहार फेरिन पाँच वर्ष पनि नलाग्‍ने दाबी गरे।

संघीय समाजवादी फोरम (नेपाल)पर्साले मंगलबार  वीरगञ्‍जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपालका राष्ट्रिय अध्यक्षसमेत रहेका मन्त्री यादवले स्थानीय तहमा आउने करोडौँ रुपैयाँलाई अब इमान्दारीपूर्वक पूर्वधार विकासमा खर्च गरी राष्ट्र निर्माण गर्ने बेला आएकाले सबैलाई विकासका लागि एकजुट हुन आह्वान गरे।

उनले आर्थिक समृद्ध हासिल गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि तयारी गर्नु नै अहिलेको आवश्यकता रहेको बताए। उनले भने,‘लामो समयको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउँदै बाँकी रहेका अधिकारका लागि शक्ति सञ्चय गर्नु आजको आवश्यकता हो।’’

पन्ध्र श्ययासम्मको स्वास्थ्य चौकी वा अस्पताललाई स्थानीय तहकै जिम्मा र सोभन्दा बढी श्ययाका अस्पताललाई प्रदेश सरकारको जिम्मा दिने गरी केन्द्र सरकारले नीति ल्याउन लागेको मन्त्री यादवले जानकारी दिए।

उहाँले वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताललाई प्रदेशस्तरीय र ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविद्यालयका रुपमा विकास गर्न नेपाल सरकारले तयारी गरिरहेको पनि बताए। अध्यक्ष यादवले प्रदेश नं २ को नाम परिवर्तन गरी मधेश प्रदेश कायम गर्न प्रदेश सरकारलाई आग्रह गरे।

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्‍न भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य विमलप्रसाद श्रीवास्तव, हरिनारायण रौनियारलगायतका वक्ताले पार्टीभित्र देखिएको मतभेदलाई अन्त्य गर्नुपर्ने धारणा राखे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?