रुपन्देहीमा हतियारसहित तीन जना पक्राउ

रुपन्देहीमा हतियारसहित तीन जना पक्राउ
+
-

बुटवल – रुपन्देही प्रहरीले लुम्बिनी क्षेत्रबाट हतियार सहित ३ जनालाई पक्राउ गरेको छ।

आइतबार राती इलाका प्रहरी कार्यालय लुम्बिनी, रुपन्देहीबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो।

युपी ५५ एडी ०६८४ नम्बरको मोटर साइकल शंका लागेर खोजी गर्दै जाने क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत जिल्ला सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, सोही ठाउ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेद पौडेलले जानकारी दिए।

पक्राउ परेकाहरु मध्येबाट मोटरसाईकल चालक चिनक भनिने मेदि हुसेनको साथबाट एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला परेको प्रहरीको भनाई छ।

प्रहरीलाई देखेर भाग्ने क्रममा दुर्घटनामा परी तीनै जना घाईते भएकोले उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको र थप अनुसन्धान भइरहेको पौडेलले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?