सामुदायिक विद्यालयमा दिवा खाजाले नियमित बन्दै विद्यार्थी

सामुदायिक विद्यालयमा दिवा खाजाले नियमित बन्दै विद्यार्थी
+
-

लमजुङ – लमजुङका सामुदायिक विद्यालयमा नेपाल सरकारद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।  खाजा कार्यक्रमले पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै र बीचमै पढाई छाड्ने प्रवृत्तिको अन्त्य भएको छ।

सरकारले दुई वर्षअघि सुरु गरेको दिवा खाजा कार्यक्रमले अभिभावक, विद्यार्थी र विद्यालयको सम्बन्ध राम्रो हुनुकाे साथै बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध भएको बेँसीशहर नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीले बताए।

दिवा खाजा कार्यक्रमबाट बेँसीशहर नगरपालिकाका मात्र ६० विद्यालयका करिब १३ सय छात्रछात्रा लाभान्वित भएका छन्। प्रतिव्यक्ति दैनिक १५ रुपैयाँका दरले हरेक महिना पाँच लाख ८५ हजार खर्च हुने गरेको बेँसीशहर शिक्षा शाखाले जनाएको छ।

विद्यालयमा ‘कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरुप कार्यान्वयन गर्ने गरेकाे विद्यालयका शिक्षकहररु बताउँछन्। स्वस्थ खानाले बालबालिकाको स्वास्थ्यमा राम्रो प्रभाव पारेको बरालको भनाइ छ।

खाजाका रुपमा तरकारी चिउरा, चना, अण्डा, सुजीको हलुवा र खीर हुने बालबालिका बताउँछन्। विद्यालयमा खाजाको व्यवस्था गरेपछि विद्यार्थी स्वास्थ्य भई शिक्षण सिकाइमा सक्रिय हुने गरेको अभिभावक सरस्वती थापा बताउँछिन्।

खाजा कार्यक्रमले बालबालिका विद्यालयमा नियमित हुने, बीचमै कक्षा नछोड्ने, विद्यालय जान हौसिने गरेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष