सन्दर्भ: अन्तर्राष्ट्रिय विधवा (एकल महिला) दिवस (२३ जुन )

विधवामाथिको यौन र अन्य दुर्व्यहारको चुनौती

विधवामाथिको यौन र अन्य दुर्व्यहारको चुनौती
+
-

विश्वमा करिब २५९ मिलियन जनसंख्या विधवा (एकल) महिलाको र ५८५ मिलियन जनसंख्या विधवा (एकल) महिलाले हुर्काउने वच्चाहरुको रहेको तथ्यांकले देखाउँछ।

लुम्बा फाउन्डेसनले २०१० मा गरेको अध्ययनको आधारमा चीनमा ४३ मिलियन, भारतमा ४२.४ मिलियन, अमेरिकामा १३.६, इन्डोनेसियाामा ९.५ र बङ्लादेशमा ४.७मिलियन जनसंख्या विधवा (एकल) महिलाको छ।

नेपालको सन् २०११ को जनगणना अनुसार विधवा (एकल महिला)को जनसंख्या करिब ४ लाख ९८ हजार ६०६ रहेको छ। यो नेपालको जनसंख्याको करिब १.८८ प्रतिशत हुन्छ। ३८ मिलियन विधवाहरु दयनीय गरिबीको अवस्थामा आफ्नो जीवन बाँच्न बाध्य छन्।

अफगानिस्तान, इराक, दक्षिण सुडान, सिरिया, क्यामरुन, नाइजेरियामा भएको द्वन्द्वपछि विधवा (एकल) महिलाहरु नराम्ररी प्रभावित भएको लुम्बा फाउन्डेसनको अध्ययनले देखाएको छ।

विभिन्न देशहरु जस्तै भारत, नेपाल, पपुवा न्यूगिनी सबसाहरन अफ्रिकाको संस्कृतिहरुमा विधवाहरुलाई नियमित रुपमा आफ्नो श्रीमानलाई जानीबुझी मारेको लान्छना लगाइन्छ। विधवा महिलाहरुले समाजद्वारा जबर्जस्ती हत्या, वेश्यावृत्ति, बलात्कार, जबरजस्ती बिवाह, सामाजिक रुपमा एक्ल्याउने र शारिरीक दुर्व्यवहार गर्ने गरिएको अनुभव गर्छन्। १.५ मिलियन बालबालिका जुन विधवासँग हुर्किरहेका हुन्छन्, उनीहरुले आमा विधवा भएपछिको आफ्नो पाँचौँ जन्मदिन मनाउन नपाउँदै मृत्युवरण गर्छन्।

विधवाका बालबालिकाहरुले बालबिवाह, असाक्षर, विद्मालयबाट बन्चित, जबरजस्ती बालश्रम, मानव बेचबिखन, यौन दुर्व्यबहार र हेपाहा व्यवहार गरेको अनुभव गर्दछन्।

मानसिक स्वास्थ्य अवस्था

विधवा/एकल महिलाको लागि उसको जीवनकै सवभन्दा आघातजन्य घटना उसको श्रीमान सँगको विछोड हो । यस आघातवाट छुटकारा पाउन घरपरिवारका सदस्यहरुलेअनुभुतिपुर्ण तरिकाले सकिय्र श्रवण गर्नुपर्छ तर हाम्रो परिवेशमा विधवा/एकल महिलालाई पोईटोका अलक्षिना महिला भनेर लान्छना र विभेद गरिन्छ। विधवा/एकल महिलाप्रतिको दुव्र्यवहार भनेको त्यस्तो व्यवहार हो जसमा शारिरीक, संवेगात्मक, मनोबैज्ञानिक, यौनीक वा आर्थिक नोक्सानीको व्यवहार विधवा/एकल महिलाप्रति गरिन्छ।

बिहान उठ्नेबितिक्कै एकल महिलालाई देख्यो भने शुभ साईत नै विग्रिन्छ भन्ने सोचले पनि उनीहरु प्रति हाम्रो समाजको हेराइको दृष्टिकोण नकारात्मक रहेको स्पष्ट हुन्छ । प्रत्येक पाँचजनामा एक जना महिलाले आफ्नो जीवन अवधिमा बलात्कारको अनुभव गर्ने विश्व तथ्यांक रहेको अवस्थामा आर्थिक बर्ष २०७१/२०७२ मामात्रै ९ सय १२ वटा बलात्कारका घटना घटेका छन्। यीमध्ये केही घटनाहरु एकल महिलाका पनि छन्।

विभिन्न प्रकारका दुर्व्यवहारको श्रृंखलाहरु लगातार रह्यो भने त्यस्ता महिलहरुमा विभिन्न खालका मानसिक समस्याहरु जस्तै उदासिनता, चिन्ता, मनोशारीरिक सिकायत, विभिन्न खालका संवेगात्मक समस्याहरु, आघातजन्य घटना पछिको तनाव, बलत्कारजन्य आघात, न्युनआत्मसम्मान, खानासँग सम्वन्धित गडवडी, रुपान्तरित(हिस्टेरिया) शोक र छातीको मानसिक असर, आत्महत्याको प्रयास गर्ने, सोच वाट ग्रसित हुन्छन्। विधवा महिलाहरुको यो मनको कुरा त्यो मनले सुन्ने र मानसिक तनाव कम गर्ने सामाजिक सञ्जाल कमजोर भएकाले, सांस्कृतिक कृयाकलापमा कम सहभागी हुनाले, सकारात्मक सामनाका तरिकाहरु कम भएकाले यस्ता महिलाहरुमा न्युन मानसिक वा मनोवैज्ञानिक सुस्वास्थ्यको अवस्था रहने सम्भावना हुन्छ। सांस्कृतिक रुपमा विधवा महिलाले आफु खुशी पहिरन लगाउन नपाउने, श्रीमानको मृत्युपछि आजीवन दोस्रो विवाह नगरी एक्लेै जीवन बिताउनुपर्ने बाध्यात्मक परिस्थिति भएकाले यस्ता महिलाहरुले कहिलेकाहिँ यौन दुर्व्यवहार, आर्थिक शोषण र भौतिक दुर्व्यवहारको साझा र गम्भीर समस्याको सामना गर्नु परिरहेको छ।

सन २०११ देखि प्रत्येक वर्ष जुन २३ का दिन ‘अन्तर्राष्ट्रिय विधवा (एकल महिला) दिवस’ मनाइँदै आएको छ। यस वर्षको आठौं अन्तर्राष्ट्रिय विधवा (एकल महिला) दिवसको नारा, “विधवा (एकलमहिला) तथा असुरक्षित युवा महिलाप्रतिको दायित्वं”भन्ने रहेको छ। आजविश्वभरिनै अन्र्तराष्ट्रिय विधवा (एकलमहिला) सँग सरोकार रहेका संस्था तथा व्यक्तिहरूको सहभागितामा विभिन्न जनचेतनामुलक कार्यक्रमका साथ मनाईदै छ। यसैे अवसरमा नेपालमा पनि विधवा (एकलमहिला) अधिकारसँग सरोकार रहेका संस्थाहरूको सहभागितामा विभिन्नं जनचेतनामुलक कार्यक्रमका साथ मनाईदै छ।

रोकथाम:

विधवा (एकल महिला) प्रति गरिने दुव्र्यवहारको रोकथामको पहिलो र सबभन्दा महत्वपूर्ण कुरा भनेको कुनै पनि व्यक्तिलाई हिसां, दुव्र्यवहार, होच्याउने र बेवास्ता गर्नु हुँदैन भन्ने जान्न जरुरी छ। व्यक्तिहरुलाई विधवा (एकल महिलाहरुप्रतिको दुव्र्यवहार र यसको मनोवैज्ञानिक असरकाबारेमा जनचेतना फैलाउन जरुरी छ। घरपरिवारका सदस्यहरुलाई यस्तो अवस्थामा मनोबैज्ञानिक तथा मनोविमर्श सेवा प्रदान गर्न प्रेरित गर्ने। विधवा (एकल महिला) को सामाजिक सम्पर्क र सहयोग बढाएर पनि रोकथाममा सहयोग गर्न सकिन्छ। विधवा (एकल महिला)को मनोवैज्ञानिक पक्षलाई घर परिवार र साथीहरुबाट प्रोत्साहन, हौसला, एवं मनोवैज्ञानिक, मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्शको माध्यमवाट विधवा (एकल महिला)प्रतिको दुर्व्यहारको रोकथाम गर्न सकिन्छ।

(डा. ठगुन्नाले मनोविज्ञानमा विद्यावारिधि गरेका छन्। उनी अहिले त्रिचन्द्र कलेजमा एमए मनोविज्ञान कार्यक्रममा अध्यापन गर्छन्। उनी  मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष पनि हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?