रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवा गम्भीर घाइते

रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवा गम्भीर घाइते
+
-

बुटवल – रुपन्देहीको ओमसतियामा अज्ञात समूहको गोली प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन्।

ओमसतिया गाउँपालिका-४ वसन्तपुरमा अज्ञात समूहकाे गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका- १ बेलहियाका विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।

आइतबार राति करिब ११ बजेतिर वसन्तपुर वडा कार्यालय अगाडि उक्त समूहले गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए।

मोटरसाइकलमा आएको तीन जनाको एक समूहले उनीमाथि गोली प्रहार गरेको थियो। गुरुङको बायाँ कोखामा गोली लागेको र उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेकाे प्रहरीले जनाएको छ।

गोली प्रहार हुनुभन्दा आधा घण्टा अगाडि रोहिणी गाउँपालिका वडा नम्बर १ बाइपासस्थित सिद्धार्थ कटेजमा एक समूहले सुनका गरगहना र नगदसमेत लुटेर भागेकोले सोही समूहले गोली प्रहार गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?