विद्यालयमा संस्कार सिकाउने नयाँ पाठ्यक्रम

विद्यालयमा संस्कार सिकाउने नयाँ पाठ्यक्रम
+
-

काठमाडौँ –  काँडाघारीस्थित अक्षरा स्कुलले बनौं संस्कारी पाठ्यक्रम सुरु गरेको छ।

यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तकको शुक्रवार विमोचन गरियो। वरिष्ठ चिकित्सक डा भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा राजु अधिकारीले संयुक्त रुपमा विमोचन गरेका थिए।

पुस्तकबारे चर्चा गर्दै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्स‌दै गएको बताए। संस्कार विर्सेका कारण यस्तो भएकाले न्यूनतम मानवीय मूल्य बिर्स‌दै गएको बताउँ उनले भने, ‘अहिले विज्ञान छ। प्रविधि छ। भौतिक विकास पनि छ। यी सबै चाहिन्छ। तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ। मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन।’

कोइरालाले पुस्तकमा १०१ गुण हुनुपर्नेमा जोड दिए पनि सबै कार्यान्वयन गर्न गाह्रो हुने बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामी सबै हाम्रा नानीबाबु असल होउन् भन्ने चाहन्छौं तर कसरी असल बनाउन सकिन्छ भनेर ध्यान भने दिने गर्दैनाैँ।’

उनले भने, ‘त्यही भएर हामी स्कुलको परीक्षामा राम्राे अंक ल्याएर पास गर्छाैं तर जीवनको परीक्षामा भने फेल भइराखेका छौं। असल समाज र असल व्यक्ति निर्माण गर्ने संस्कार शिक्षाले नै दिने थपलियाले बताए।

त्यस्तै, स्कुलकी संस्थापक एवं प्रिन्सिपल अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्षअघि स्कुल स्थापना गरेको बताइन्।

उनले भनिन्, ‘हाम्रो विद्यालयको मिसनसँग यो पुस्तक मिल्नेरहेछ । त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौं । अब संस्कारको बेग्लै पाठ्यक्रम समेत बनाउने तयारी भइरहेको छ।’

लेखक अधिकारीले शिक्षा छ तर संस्कार छैन भने व्यक्तित्वमा सुवास नआउने बताए। जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कारचाहिं दिनै पर्नेमा जोड दिए। सन्तानको कुशलताका लागि पुस्तक लेखेको पनि उनले जानकारी दिए।

अक्षरा स्कुल संस्करण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कारयुक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारीजस्ता विषय समेटिएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष