स्त्रीरोग विशेषज्ञ डा.पुष्पा चौधरी बनिन् स्वास्थ्य सचिव

स्त्रीरोग विशेषज्ञ डा.पुष्पा चौधरी बनिन् स्वास्थ्य सचिव
+
-

काठमाडौं-सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा स्त्रीरोग विशेषज्ञ डा.पुष्पा चौधरीलाई नियुक्त गरेको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा १२औं तहमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत डा चौधरीलाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो।

योसँगै स्वास्थ्य मन्त्रालयले तीन महिला चिकित्सक सचिव पाएको छ।

यसअघि डा. किरण रेग्मी र डा. सुधा शर्मा स्वास्थ्यसचिव भएका थिए। स्वास्थ्य सचिव चिकित्सक नै हुने प्रावधानले पनि निरन्तरता पाएको छ।

मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सचिवका लागि डा.चौधरी, डा. सुशील प्याकुरेल र डा.विनोदमान श्रेष्ठको नाम सिफारिस गरेको थियो।

डा.चौधरी २०४८ सालमा आठौं तहबाट सरकारी चिकित्सक सेवामा प्रवेश गरेकी थिइन्।

थापाथलीस्थित प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालकी निर्देशक, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाकी निर्देशक, विभागको निमित्त महानिर्देशक हुँदै उनले सचिवको पद सम्हाल्न सफल भएकी हुन।

डा.रेग्मीले गत मंसिर १८ गते अवकाश पाएलगत्तै डा. चौधरीलाई निमित्त स्वास्थ्य सचिव बनाइएको थियो।

भारतको जागिर छोडेर नेपाल फर्किएकी डा.पुष्पाले लामो संघर्षपछि ठूलो जिम्मेवारी काँधमा आएको र नेपाललाई चिनाउने मौकासमेत पाएको बताइन्।

उनले आफूलाई राज्यले प्रोत्साहन गरेको र जिम्मेवारीपूर्वक काम गर्ने देशसञ्‍चारसँग बताइन्।

यो पनि हेर्नुहोस्:

माघ पहिलो साताभित्र नयाँ सरकार-सचिव ज्ञवाली

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?