स्थानीय तह निर्वाचनमा भन्याजस्तो तालमेल भएन, आगामी निर्वाचनमा राम्रो गर्छौँः प्रचण्ड

स्थानीय तह निर्वाचनमा भन्याजस्तो तालमेल भएन, आगामी निर्वाचनमा राम्रो गर्छौँः प्रचण्ड
+
-

बुटवल – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताएका छन्।

माओवादी केन्द्रको प्रदेशस्तरको प्रशिक्षण कार्यक्रमपछि शनिबार बुटवलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

तर, स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल भनेजस्तो नभएको उनको भनाइ थियो। स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनले राम्रो गर्ने प्रचण्डले बताए।

‘पहिलो कुरा, स्थानीय चुनावमा गठबन्धनको तालमेल भन्याजस्तो नभए पनि गठबन्धनले र गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न संविधानसभापछिको ठूलो सफलता मान्नुहोला। यो त ठूलो दुर्घटनाबाट देश बचाउनेमा गठबन्धनको भूमिका ठूलो रह्यो,’ प्रचण्डले भने, ‘तर, आपसमा तालमेल चाहिँ भन्याजस्तो भएको थिएन। त्यसबाट शिक्षा लिएर प्रदेश र संघमा राम्रो गर्दैछौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?