
आत्महत्या भन्नाले व्यक्तिले आफूले आफ्नो ज्यान मार्नु हो । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि सात लाख व्यक्तिले आत्महत्यामार्फत देहत्याग गर्ने गर्दछन् । यो आंकडा आफैमा भयावह देखिन्छ ।
१५ देखि १९ वर्ष उमेर समूह हेर्ने हो भने जम्मा मृत्यु मध्ये आत्महत्या चौथो मृत्युको कारणमा पर्दछ । प्रत्येक आत्महत्याले सम्बन्धित परिवार र देशलाई नै ठूलो असर पार्दछ ।
आत्महत्या प्रत्येक देशको समस्या हो, यसले कुनै पनि धनी वा गरिब देश भनेको छैन । तर यसको कारण भने फरक फरक हुनसक्छ । ७७ प्रतिशत आत्महत्या भने मध्यम तथा अतिगरिब मुलुकमा हुने गरेको देखिएको छ । आत्महत्या विश्वको लागि नै गम्भीर समस्या हो तर समयमा नै ध्यान दिने हो भने यसलाई रोक्न सकिन्छ ।
अनुसन्धानले आत्महत्या र मानसिक स्वास्थ्यको गहिरो सम्बन्ध देखाएको छ । विशेषगरी डिप्रेसन र जाँड रक्सीको कुलत चाँहि धनी देशहरुको आत्महत्याको मुख्यकारण देखिएको छ । धेरै आत्महत्याको कारणहरु मध्ये जीवनमा तनाव, आर्थिक समस्या, मायामा विछोड र स्वास्थ्य समस्याहरु देखिएको छ भने द्धन्द्ध, एक्लोपना, व्यवहारमा परिवर्तनजस्ता कुराहरु भने आत्महत्याको संकेतहरु हुनसक्छन् ।
आत्महत्याका तरिकाहरु
१. विषको सेवन
२.झुण्डिनु
३. आगो लगाउनु
४. गोली हान्नु
५. धारिलो हतियारको प्रयोग गर्नु
आत्महत्याका संकेतहरु
१. आत्महत्या गर्न मन लागेको कुरा बारम्बार गरिरहनु,
२. जीवन नै व्यर्थलागेको कुरा बारम्बार गर्नु,
३. जीवनमा समस्या नै समस्या रहेको कुरा गर्नु र समाधान नभएको कुरा गर्नु,
४. साथीभाइ र परिवारबाट टाढा बसीरहनु,
५. अत्याधिक जोखिमयुक्त कार्य गर्नु,
६. अत्याधिक रुपमाव्यवहारमा परिवर्तन देखाउनु (एकैछिनमा दुःखी तथा एकैछिनमा सुखी देखिनु)
७. आत्महत्या गर्न मिल्ने सामानहरु विना कारण किन्नु
८. खानेबानी तथा सुत्ने बानीमा परिवर्तन
आत्महत्याको प्रयास गर्नेमा पुरुषहरु भन्दा महिलाहरु बढी मात्रामा देखिएका छन् तर सफल आत्महत्या गर्नेमा भने पुरुषहरुको संख्या बढी देखिएको छ । यसको मुख्यकारण आत्महत्या गर्ने तरिका भएको अनुमान गर्न सकिन्छ ।
आत्महत्या रोक्ने उपायहरु
विश्व स्वास्थ्य संगठनका अनुसार निम्नानुसार आत्महत्या रोक्न सकिन्छ ।
१.आत्महत्या गर्न सकिने सामानहरुमा विशेष ध्यान पुर्याउने ।
२. सामाजिक रुपमा आत्मविश्वासको जगेर्ना गर्ने ।
३. आत्महत्यागलतहो भनेर प्रचार प्रसार गर्ने
विश्व स्वास्थ्य संगठनको अनुसार आत्महत्या हुने माथिल्ला २५ देशलाई हेर्ने हो भने प्रत्येक २५ सेकेन्डमा एकजनाले आत्महत्या गर्दछन् । यसको अर्थ हामीले यो लेख पढ्दा पढ्दै पनि कतिपय व्यक्तिहरुले आत्महत्या गरिसके भने कतिले गर्दैछन्, त्यसैले आत्महत्याको तथ्यांकभयावह नै रहेको पुष्टि हुन्छ ।
नेपालमा आत्महत्याको अवस्था
नेपालमा आत्महत्याको अवस्था भयावह नै देखिन्छ र घट्नु भन्दापनि बढ्दै गइरहेको छ । तथ्यांकलाई हेर्दा नेपालमाप्रत्येक दिन १९ जनाले आत्महत्या गर्दछन्, यसको अर्थ वार्षिक रुपमा ७,१४१ जनाले आत्महत्या गर्ने देखिन्छ । मनोविद्हरुका अनुसार नेपालमा आत्महत्याको मुख्यकारण भनेको कमजोर आर्थिक अवस्था हो।
नेपालमा आत्महत्याका मुख्य व्यक्तिहरु भनेको विवाहित देखिएका छन् । तथ्यांकले के देखाएको छ भने नेपालमा बालविवाहको कारणले गर्दा पारिवारीक समस्याले भयावह रुप लिने र आवश्यकताहरु पूरा गर्नको लागि पनि हम्मेहम्मे पर्ने हुनाले व्यक्तिहरुले आत्महत्या गर्ने गरेका छन् ।
धेरै अनुसन्धानहरुले नेपालमा७५ प्रतिशत आत्महत्या ३५ वर्षको उमेरमुनि नै भएको देखाएको छ । ६० प्रतिशत आत्महत्या ३० वर्षमुनिकाले गर्ने देखिएको छ । एक तथ्यांकले नेपालमा जम्मा आत्महत्यामध्ये ७५ प्रतिशत विवाहितहरुले गरेको देखाएको छ । नेपालमा जम्मा आत्महत्यामध्ये धेरैजसो विषको सेवन देखिएको छ भने दोस्रोमा झुण्डिएर भएको कुरा विभिन्न तथ्यांकले देखाएको छ ।
सामाजिक र आर्थिक अवस्था तथा मानसिक स्वास्थ्य, गरिबी, विभेद, शिक्षाको कमी, महिलाको अवस्था, घरेलु हिंसा, महिला हिंसाहरु आत्महत्याको ठूलो कारण रहेको देखिन्छ । हरेक उमेर समूहमा आत्महत्या देखिएको छ ।
आत्महत्याको रोकथामको लागि खासै सरकारले कदमचालेको भने देखिएको छैन । नेपालको तथ्यांकले विवाहिता महिलाहरु आत्महत्याको जोखिममा परेको देखाएको छ । तर अविवाहितहरु पनि धेरैले आत्महत्या गरेको देखिएको छ ।
नेपालमा आत्महत्याका मुख्य कारणहरु महिलाविभेद, गरिबी, सामाजिक सांस्कृतिक कारण, पारिवारीक तथा वैवाहिक सम्बन्ध, आर्थिक अवस्था, मानसिक स्वास्थ्य मूख्य रुपमा देखिएकाले सरकारी तवरबाट नै यसलाई विशेष सम्बोधन गर्नुपर्ने तथा प्रत्येक वडामा एक जनामनोविदको नियुक्ति गर्नु पर्ने देखिन्छ ।