अलबिदा लेखेर अधिकृत बेपत्ता, मेयरले भने–हामीले कुनै टर्चर दिएका थिएनौँ

अलबिदा लेखेर अधिकृत बेपत्ता, मेयरले भने–हामीले कुनै टर्चर दिएका थिएनौँ
+
-

पोखरा – यहि असार ९ गतेदेखि सम्पर्कबिहीन भएका पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक विकास अधिकृत ओमराज पौडेलको विषयमा आएका विभिन्न कुराको महानगरपालिकाले खण्डन गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पत्रकार सम्मेलन गरी महानगरलाई लगाईएका आरोपमा सत्यता नभएको भन्दै भ्रममा नपर्न नगरबासीमा आग्रह गरे ।

‘महानगरलाई लगाईएका आरोपमा कुनै सत्यता छैन । भ्रममा नपर्न नगरबासीमा अनुरोध गर्छु । हाम्रो परिवारको सदस्य बेपत्ता हुँदा सबै भन्दा बढि चासो र चिन्ता हामीलाई छ । महानगर खोजी कार्यमा संवेदनशील छ, हामी माथि लगाइएको आरोप झूठा र आधारहीन छन्’ उनले भने ।
जिसीले पौडेलको खोजीमा सम्पूर्ण शक्ति लगाए पनि अवस्था पत्ता लगाउन नसकिएको बताए । ‘पौडेलको खोजीमा सबै शक्ति लगाएका छौँ, पत्ता नलागेसम्म खोजि निरन्तर जारी रहने छ । सबै मिलेर खोजी गरौं ।’

पौडेललाई काममा टर्चर दिएका कारण घट्ना घटेको भन्ने आरोप मिथ्या रहेको उनको भनाई छ । ‘हामीले टर्चर दिएको छैन, दिन जरुरी पनि छैन’ जिसीले भने, ‘कामको कुरा बाहेक उहाँलाई असर पर्ने कुनै काम र ब्यवहार महानगरबाट भएको छैन ।’

पौडेलको कार्यकक्ष परिर्वतन बारेमा मेयर जिसीले भने ‘स्थानीय तहमा कर्मचारी समायोजन भएर आएपछि व्यवस्थापन गर्दा कार्यकक्ष मात्रै परिर्वतन भएको र पौडेलको जिम्मेवारी अहिलेसम्म पनि हेरफेर भएको छैन ।’ उनले बाहिर आए जस्तो ‘राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगरिएको बताए । ‘एउटै परिवारका सदस्यलाई राजनीतिक आस्थाका आधारमा भेदभाव गर्नु जरुरी छैन गरेको पनि छैंनौं, गर्दा पनि गर्दनौँ ।’

पौडेल बेपत्ता भएकोमा महानगरपालिका परिवार मर्माहत भएको बताउँदै जिसीले मानवीय सम्वेदनालाई बुझेर पौडेलको खोजीमा जुट्न सबैमा आग्रह समेत गरेका छन् । यसअघि नेपाली कांग्रेस र स्थानीय तह कर्मचारी युनियन नेपालले विज्ञप्ती निकाल्दै महानगरपालिकामा काममा परेको दबाब र टर्चरले घट्ना घटेको आरोप लगाएका थिए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले पौडेलको खोजीको बारेमा डिजिटल प्रस्तुति राखेर जानकारी गराएका थिए ।
रानाले असार ९ गते बिहान सवा ५ बजे पौडेल महेन्द्रपुल चोकबाट पुलतर्फ गएको सिसी टिभीमा फुटेज प्रस्तुत गर्दै पौडेल पुलसम्म गएको देखिएको र पछि फर्किएको नदेखिएकाले हामफालेको हुनसक्ने बताए । त्यसैको आधारमा पौडेलको खोजी सेती नदी र त्यसको आसपासमा केन्द्रित गरेको जानाकारी दिए ।

पोखराको महेन्द्रपुलबाट एक जना व्यक्ति सेती नदीमा हामफालेको प्रत्यक्षदर्शीले बताएको र घट्नाको प्रकृति र पौडेलले घरमा लेखेर छाडेको नोटका आधारमा सेतीमा हामफालेको आशंकामा सेती नदी वरपर प्रहरीले खोजी केन्द्रित गरेको हो ।

पौडेलको खोजी र घटनाको बारेमा अनुसन्धान गर्न डिएसपी रवीन्द्रमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय समिति असार १० गते गठन गरिएको एसपी रानाले जानकारी दिए । असार ९ गते नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको उद्धार टोलीले सेतीका विभिन्न भागमा खोजी गरेको र खोजी कार्य अहिले पनि जारी रहेको उनले जानकारी दिए ।

त्यस्तै पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका छ् । उक्त नोटमा श्रीमतीलाई खुशी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।

त्यसैगरी पौडेलको मोबाइल नम्बरमा बारम्बार सम्पर्क गर्ने मोबाइल नम्बरको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको घेरामा बारम्बार फोन गर्ने एक महिला र २ पुरुष भएको प्रहरीले बताएको छ ।

चितवन निवासी महिलाले ६८ पटकसम्म पौडेलको मोबाइलमा मिसकल गरेको देखिएको छ । तर, हाल उक्त मोबाइलको स्वीच अफ रहेको प्रहरीको भनाई छ ।

पोखरा छोरेपाटनका एक पुरुष र झापाका अर्का एक पुरुषले अघिल्लो दिनदेखि घट्ना घटेको दिनसम्म पनि बारम्बार सम्पर्क गरेको रेकर्ड भेटिएको छ । यी बाहेक अन्य केही मोबाइल नम्बरलाई पनि प्रहरीले निगरानी गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?