नानो युरिया मल बिक्री सुरु

नानो युरिया मल बिक्री सुरु
+
-

काठमाडौँ – नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ। नानो युरिया मललाई नेपालमा चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोले बिक्री सुरु गरेको हो। आइतबार एक कार्यक्रमबीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रूपमा नानो युरिया मल नेपालमा बिक्री–वितरण सुरु भएको बताए।

इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इन्डियाले उत्पादन गरेको सो मललाई ‘सिजी–आइएफएफसिओ’ नाम दिइएको छ। उक्त मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि अन्नबालीका साथै सबै प्रकारका बाली र बोटबिरुवामा छर्कन सकिनेछ।

कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध–निर्देशक निर्वाण चौधरीले नेपालमा युरिया मलको अभाव परिपूर्ति गर्न नेपालमा नानो युरिया मल भित्र्याइएको बताए।

नानो प्रविधिमा आधारित नानो युरिया सूक्ष्म तरल मल भएको बताइएको छ। यसले बिरुवाको वृद्धिविकासका लागि आवश्यक पर्ने पोषक तत्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ।

नानो युरिया मललाई पातबाट छर्किने जानकारी दिइएको छ। १ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कन सकिने कम्पनीले जनाएको छ। बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने एक हप्ताअघि दुईपटक छर्किनुपर्ने हुन्छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’