बसुन्धराको एक घरमा लुटपाट, घरधनीलाई मरणासन्न हुनेगरी कुटपिट

बसुन्धराको एक घरमा लुटपाट, घरधनीलाई मरणासन्न हुनेगरी कुटपिट
+
-

काठमाडाैँ-  बसुन्धराको एक घरमा लुटपाट भएको छ। बसुन्धरास्थित बंगलादेश दूतावास पछाडि रहेको नन्दा मल्लको घरमा साेमबार बेलुका ७-८ जना व्यक्तिकाे समूहले लुटपाट गरेका हुन्।

खुकरी, छुरा र हतौडासहित आएको समूहले लुटपाट मात्र गरेन। समूहले मल्ललाई मरणासन्न हुनेगरी कुटपिट गरेको ड्राइभर महेन्द्र सिजालीले बताए।

मल्लको बसुन्धराको ग्रिन सिटी अस्पचालमा उपचार भइरहेको छ। आफन्तका अनुसार उनको शरीरमा २४ वटा टाका लागेको छ र आइसियुमा उपचार भइरहेको छ।

लुटेराले अन्य आफन्त, काम गर्ने र ड्राइभरलाई सामान्य कुटपिट गरेका छन्।

नन्दा मल्ललाई कुटपिट गरेकाे उनकाे भान्सा।

नन्दा मल्लका श्रीमान कांग्रेस नेता मधुर विक्रम खनाल चुनावी कार्यक्रमका लागि दैलेखमा छन्। घरमा महिलामात्र भएको मौका छोपेर लुटपाट भएको आफन्तको अनुमान छ। घरमा नन्दा मल्ल, उनकी आमा, काम गर्ने दुईजना महिला, मल्लको दिदीकी छोरी, ड्राइभर सिजाली थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रवक्ता दिनेश मैनालीले घटनाको अनुसन्धान भइरहेको बताए। उनका अनुसार अनुसन्धान भइरहेको छ, कसले गर्‍याे ? लुटपाट मात्रको मनसाय थियो? र, के कति लुटपाट भएको छ? त्यो अनुसन्धानकै चरणमा छ।

घटना

करिब ७ बज्नै थालेको थियो। गेटमा ढकढक गरेको आवाज ड्राइभर महेन्द्र सिजालीले सुने। बसुन्धरा बंगलादेश दूतावासपछाडि रहेको नन्दा मल्लाको घरको गेट पश्चिम रिङरोडतर्फ छ। गेटसँगै गार्ड रुम। अहिले गार्ड छैनन्। त्योसँगै गेस्ट रुम। गेस्ट बस्ने घरको तल भान्सा। गेस्ट रुम पहिलो तलामा छ। माथिबाट सिजालीले ७-८ जनाको समूह उभिएको देखे।

को हो? कसलाई खोज्नु भएको हो? नाम बताउनूस् म म्यामलाई भन्दिन्छु भनेर सोध्दै तल झर्दै गरेका उनीभन्दा अघि आफ्नै मान्छे होला भनेर काम गर्ने एक महिलाले ढोका खोलिदिइन्। सुरुमा उनीहरूले उनलाई नियन्त्रणमा लिएर हात बाँधिदिए र मुखमा पट्टी लगाइदिए। त्यसपछि ड्राइभरलाई नियन्त्रणमा लिएका उनीहरूले उनको पेटमा हतौडाले हाने र उनको हात र मुखमा पट्टी बाँधिदिए। भान्सा अगाडि रहेका नन्दालाई उनीहरूले हतौडा र चक्कुले लगातार आक्रमण गरे। बाहिरबाट कुट्न लागेका उनीहरूले भान्साभित्र लगेर कुटे।

अन्य सबैलाई भान्सामा थुनेर उनीहरूले मल्ललाई केही पर रहेको घरमा लगेर ढोका खोल्न लगाई नगद, सुन र गर-गहना लुटेका छन्। घरभित्र पनि कुटपिट गरेका उनीहरूले बेहोस भइसकेपछि मर्‍याे भनेर त्यही छोडेर भागेका थिए।

उनीहरूले आफूहरूलाई करिब दुई घण्टासम्म नियन्त्रणमा लिएको ड्राइभर सिजालीले बताए। उनीहरू गए भन्ने थाहा पाएर जसोतसो भान्साबाट निस्किएर प्रहरीलाई खबर गरेको र मल्ललाई अस्पताल पुर्‍याएकाे उनकाे भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?