
मुस्ताङ- मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा पाँच जना महिला र १० जना पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
सडकमा काम गर्ने मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा दुर्घटनामा परेका हुन् । मजदुर चढेको चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको एसएसपी शैलेश थापाले बताए ।
उनका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।