वीरगञ्ज – पर्साको ठाेरीस्थित इलाका प्रहरी कार्यालयको गाडी दुर्घटना हुँदा इन्सपेक्टरसहित २ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालयको ना १ झ १२७२ नम्बरको गाडी दुर्घटना हुँदा सोमाबार रहेका प्रहरी निरीक्षक(इन्सपेक्टर) शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन्।
वीरगञ्ज ठोरी हुलाकी सडक खण्डअन्तर्रगत पटेर्वा सुगौली गाउँपालिकास्थित मनिहर्वा नजिकै उनीहरू सवार गाडी दुर्घटना हुँदा घाइते भएका दुवै जनालाई उपचारको लागि वीरगञ्ज ल्याइएको छ।
सोमबार राती इलाका प्रहरी कार्यालय ठोरी र सशस्त्र प्रहरी ठोरीको संयुक्त गस्तीले बरामद गरेको २२ पोका गाँजा जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































