आपूर्ति व्यवस्था विभागद्वारा अवैध क्लिनिकमा सिल

आपूर्ति व्यवस्था विभागद्वारा  अवैध क्लिनिकमा सिल
+
-

सुर्खेत-जिल्लामा मेडिकल तथा क्लिनिकहरु अवैध रुपमा सञ्चालनमा आएको खुलेको छ।

आपूर्ति व्यवस्था विभागले शुक्रबार वीरेन्द्रनगरमा अनुगमन गर्दा क्लिनिक सञ्चालनका लागि अनुमति नलिएको पाइएको हो।

अनुगमन समितिका संयोजक एवम विभागका प्रतिनिधि पवनकुमार प्याकुरेलले आठवटा औषधी क्लिनिकहरुमा अनुगमन गरिएको बताए जसमध्ये वीरेन्द्रनगरमा सञ्चालित हिमाल डेन्टल प्रालि र सुपथ पोलिक्लिनिक एण्ड डाइग्नोसिस सेन्टरमा सिल गरिएको छ।

अनुगमनका क्रममा जनस्वास्थ्य कार्यालयबाट सञ्चालनका लागि अनुमति नलिई अवैध रुपमा औषधी बिक्री वितरण गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवम् अनुगमन समितिका सदस्य युवराज न्यौपानेले बताए। अनुगमनका क्रममा औषधी बिक्री वितरणका लागिसमेत अनुमति नलिएरै सञ्चालनमा आएका पाइएको छ।

अनुमति नलिएका, प्रक्रिया पुरा नगरेका, कर छली गरेका अन्य मेडिकल तथा क्लिनिकहरुलाई सात दिनभित्र आवश्यक प्रमाणसहित प्रशासनमा सम्पर्क गर्न कडा निर्देशन दिइएको छ।

यति निर्देशन अटेरी गरेमा प्रशासनले प्रहरी लगाएर ताला लगाउने चेतावनी दिएको छ। मानव स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य संस्था नै अवैध रुपमा पाइएकाले कानुन बमोजिम सजाय हुने बताइएको छ।

वीरेन्द्रनगर मुख्य बजार क्षेत्रमा सञ्चालनमा रहेका खाध्य पसलहरुमा पनि अनुगमन गरिएको छ। अनुगमनका क्रममा अधिकांश खाध्य पसलहरुले म्याद सकिएको खाद्य सामग्री बिक्री वितरण भएको पाइएको बताइएको छ। यस्तै, मूल्यसूची नराखेको राखे पनि नियमित रुपमा अपडेट नगरेको पाइएको अधिकृत न्यौपानेले बताए।

उनकाअनुसार अनुगमनका क्रममा म्याद सकिएको खाद्य वस्तुहरुलाई नष्ट गरिएको छ भने मूल्यसूची नभएका पसलहरुलाई तत्काल मूल्यसूची राख्न निर्देशन दिइएको छ। उक्त अनुगमनको सात दिनपछि प्रशासनले पुनः छड्के अनुगमन गर्ने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?