जीर्ण बन्दै नारायणी र‍ंगशाला

जीर्ण बन्दै नारायणी र‍ंगशाला
+
-

वीरगञ्ज – देशकै दोस्रो ठूलो वीरगञ्जको नारायणी रंगशाला दिन प्रतिदिन जीर्ण हुँदै गएको छ। दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो रंगशालाको रुपमा रहेको नारायणी रंगशला सम्बन्धित निकायको उदासिनताका कारण दिन प्रतिदिन जीर्ण बन्दै गएको हो।

करिब १७ कठ्ठामा फैलिएको वीरगञ्जको नारायणी रंगशाला एक दशकदेखि संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ। २०४२ सालमा निर्माण भएर प्रयोगमा समेत आइसकेको वीरगञ्जको नारायणी रंगशाला अहिले पूर्णरुपमा जीर्ण भइसकेको अवस्था छ। यहाँ अहिले कुनै पनि खेल आयोजना गर्न सकिने अवस्था छैन।

१५ हजार दर्शक क्षमता रहेको रंगशालामा विगतमा बृहत् राष्ट्रिय खेलकुद, तेजबहादुर गोल्डकप, महेन्द्र गोल्डकप र लक्ष्मण थापा गोल्डकप तथा एएफसी यू–१६ छनोट प्रतियोगिता आयोजना हुने गरेका थिए। गोल्डकपमा नेपाल र भारतका सुपर डिभिजनका टिमले सहभागिता हुन्थ्यो।

तर, वि.सं. २०५८ मा भएको लक्ष्मण थापा गोल्डकपपछि कुनै ठूला प्रतियोगिता आयोजन हुन सकेको छैन। त्यसको कारण हो– रंगशाला दिन प्रतिदिन जीर्ण हुँदै जानु।

मुलुककै प्रमुख आर्थिक तथा व्यापारिक नगरी भए पनि खेलकुद पूर्वाधारको समयमै संरक्षण र मर्मत सम्भार नहुँदा खेलकुदमा वीरगन्ज पछाडि पर्दै गएको छ। क्रिकेट खेल्न आउँदा समस्या हुने गरेको वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बिन्दबासिनीका क्रिकेट खेलाडी अर्जुन गुप्ताले बताए।

‘हामी सधैँ क्रिकेट खेल्न रंगशााला आउछौँ तर यहाँ पिच, नेटको व्यवस्था छैन। पानी पर्दा पुरै पिच नै भिजेर पानी जम्छ,’ उनले भने, ‘यो रंगशाला मर्मत गरेर बनाइदिए हामी खेलाडीलाई अभ्यास गर्न सजिलो हुने थियो।’

नारायणी रगंशाला जीर्ण हुँदा खेलाडीसहित खेल प्रशिक्षकलाई पनि समस्या हुने गरेको पूर्व  राष्ट्रिय खेलाडीसमेत रहेका फुटबल कोच रितु शाक्यले बताए। जीर्ण भौतिक संरचनाका कारण फुटबलको चौरमा क्रिकेट खेल्ने र क्रिकेटको पिचमा गएर फुटबल खेल्ने गरिएको उनले बताए।

‘दिन प्रतिदिन रंगशाला जीर्ण हुँदै गइरहेको छ,’ उनले भने, ‘रंगशालामा पनि कहिले बन्ने हो थाहा छैन। खेलाडीसहित हामीलाई पनि सिकाउन प्रशिक्षण दिनमा समस्या हुन्छ।’

अव्यस्थित रुपमा खेल हुँदा खेलाडीलाई प्रशिक्षण दिनसमेत गाह्रो हुने गरेको बक्सिङका कोच बिरु भटराईले बताए। ‘हामीहरु यता खेलाडीलाई सिकाइरहेका हुन्छौँ, अर्कोतर्फबाट फुटबल खेलिरहेका खेलाडीहरुले हानेको बल आएर हामीलाई लाग्छ,’ उनले भने, ‘पुरै अव्यस्थित छ। एकातिर बनाउने गरिएको छ भने अर्कोतिर रंगशाला भत्किदै गएको छ।’

नारायणी रंगशालाको अवस्था दिन प्रतिदिन जिर्ण हुँदै गएपछि चालू आर्थिक वर्षमा संघीय सरकारले रंगशालाको पुनर्निर्माणका लागि ७ करोड रुपैयाँ निकासा गरेको छ। मर्मतसँगै केही वर्षमा रंगशाला पुरानै अवस्थामा फर्किने रंगशालाका प्रशासकीय अधिकृत पन्नालाल साहले दाबी गरे।

‘हामीहरु सरकारबाट आएको बजेटले रंगशालाको केही भत्केको भाग मर्मत गराउँदै छौँ। बाँकी पनि बजेट आए मर्मत गराउँछौँ,’ उनले भने, ‘रंगशालालाई पुरानै अवस्थामा फर्काउन केही वर्ष भने लाग्छ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’