विवाहमा नाच्न नदिएको निहुँमा कुटपिट, एकको मृत्यु

विवाहमा नाच्न नदिएको निहुँमा कुटपिट, एकको मृत्यु
+
-

वीरगञ्ज – पर्साको जिराभवानी गाउँपालिकामा विवाहमा नाच्न नदिएको निहुँमा कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ।

नाच्न नदिएको निहुँमा झगडा भई कुटपिट हुँदा सोही स्थान बस्ने ३६ वर्षका सैमुल्लाह राउत गदीको मृत्यु भएको हो।

गदी बुधबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए। गदीलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार उनीमाथि सरुम राउत गदीको बिहेमा मंगलबार राति ११ बजे नाच्न नदिएको बारेमा झगडा हुँदा कुटपिट भएको थियो।

बिहेमा आएका व्यक्तिहरूलाई मृतक गदीले नाच्न नदिएपछि जिराभवानी गाउँपालिका–४ कै जाजुल राउत गदीसमेतले कुटपिट गरेको भनी खुल्न आएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरिले जानकारी दिए। घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’