निकुञ्जमा जनावर सिकारमा प्रदेश सदस्यको गाडी प्रयोग

निकुञ्जमा जनावर सिकारमा प्रदेश सदस्यको गाडी प्रयोग
+
-

वीरगञ्ज – पर्सा राष्ट्रिय निकुञ्जमा सिकार गर्ने क्रममा पक्राउ परेकाहरुसित बरामद गरिएको गाडी प्रदेश सभा सदस्यले प्रयोग गर्ने गाडी रहेको खुलेको छ।

गत सोमबार निकुञ्जबाट गाडी,सिकारमा प्रयोग गरिने सामान नगदसहित पाँच जनालाई बन संरक्षण टोलीले पक्राउ गरेको थियो। सोही क्रममा पक्राउ परेकाहरुसित बरामद भएको एउटा गाडी भने पर्सा क्षेत्र नम्बर ३ को १ बाट नव निर्बाचित प्रदेश सभा सदस्य प्रमोद जैसवालले प्रयोग गर्ने गाडी रहेको खुलेको छ।

निकुञ्जमा सिकार गर्न गएको बेलामा पक्राउ परेका पाँच जनाको साथबाट बा ५ त ७८०५ नम्बरको टोयोटा गाडी, र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि संरक्षण टोलीले नियन्त्रण लिएको थियो। नियन्त्रणमा लिईएको प्रदेश २–०३–००१ च ३०९७ नम्बरको सेतो रंगको बोलेरो गाडी नव निर्बाचित प्रदेश सदस्य जैसवालले प्रयोग गर्ने गाडी रहेको समाचार स्रोतले जानकारी दिएको छ ।स्वतन्त्रबाट उम्मेदवारी दिएका जैसवाल गत मंसिर ४ गते सम्पन्न भएको निर्बाचनमा ७ हजार ३९० मत ल्याई प्रदेश सभा सदस्यमा निर्बाचित भएका थिए।

गत सोमबार पर्सा राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएका पाँच जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको थियो। निकुञ्जमा जनावरको सिकार गर्न गएका उनीहरूलाई सिकार गरिएको जनावरको अंग र सिकारमा प्रयोग गरिने विभिन्न सामानसहित टोलीले पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिक गाविस–६ का मालदोङ्ग तामाङ छन्।

पाँचै जनालाई पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनियास्थित वनजङ्गलमा वन्यजन्तुको शिकार गर्न गएको बेलामा पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम जानकारी दिए।

उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद गरिको रामले बताए ।

साथै बा ५ त ७८०५ नम्बरको टोयोटा गाडी, र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिइएको छ । पक्राउ परेका पाँचैजनाको बारेमा थप अनुसन्धान भइरहेको पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’