स्थानीय तहले ठेक्का नलगाउँदा पर्साका खोलाबाट निर्वाध गिट्टी बालुवा तस्करी

स्थानीय तहले ठेक्का नलगाउँदा पर्साका खोलाबाट निर्वाध गिट्टी बालुवा तस्करी
+
-

वीरगञ्ज – पर्साका विभिन्न पालिकामा रहेका नदी तथा खोलाबाट निर्वाध गिट्टी–बालुवा तस्करी भइरहेको छ। जिल्लामा रहेको वीरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी र पटेर्वा सुगौलीमा रहेका खोलाबाट गिट्टी बालुवा तस्करी भइरहेको हो।

यी खोलाको सम्बन्धित स्थानीय तहले समयमै ठेक्का नलगाएका कारण तस्करले गिट्टी बालुवा तस्करी गरिरहेका छन्।
समयमै ठेक्का लगाएर राजश्व संकलन गर्ने स्रोतको रूपमा रहेको खोलाको स्थानीय तहले ठेक्का लगाउनमा ध्यान नदिँदा ती खोलाबाट गिट्टी बालुवाको चोरी–तस्करी भइरहेको स्थानीयले बताएका छन्।

वीरगञ्ज महानगर–३१ स्थित भेडाहा खोलाबाट दिनहुँ ट्र्याक्टरमा गिट्टी बालुवाको तस्करी गरिरहेको बताउँछन् वडाध्यक्ष जितेन्द्र यादवले बताए।

उनले भेडाहा खोलाबाट दिनहुँ ट्र्याक्टरमा गिट्टी बालुवा तस्करी भइरहेको बताउँदै प्रहरी प्रशासनले त्यसलाई रोक्न ध्यान नदिएको गुनासो गरे। ‘हरेक दिन ट्र्याक्टर लोड गरेर भेडाहा खोलाबाट बालुवा तस्करी भइरहेको छ,’ उनले भने, ‘खोलाबाट तस्करी हुँदा पनि कसैले त्यसलाई रोकेको छैन यो गैरकानुनी तस्करी हो।’

स्थानीय तहे समयमा खोलाको ठेक्का नगर्नु तथा प्रहरी प्रशासनले पनि नदी जन्य पदार्थको तस्करी हुनबाट नरोक्नुले तस्करहरू अहिले बिनाकुनै रोकतोक गिट्टी–बालुवा तस्करी गरिरहेका छन्।

पर्साको वीरगञ्ज महानगरपालिकामा रहेको भेडाहा खोसासँगै पर्सागढी नगरपालिकाअन्तर्गत पर्ने कर्जन्हिया र सिंगयाही खोलाबाट दिनहँु ट्र्याक्टरबाट तस्करले गिट्टी–बालुवा तस्करी गरिरहेका छन्।

यसैगरी सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकामा पर्ने जमुनिया खोलाबाट पनि नदीजन्य पदार्थ तस्करी फस्टाएको छ।

पर्सागढी नगरपालिकाअन्तर्गत पर्ने दुई वटा खोलाबाट तस्करी नियन्त्रणका लागि प्रहरीसित समन्वय गरेर काम गरिरहेको तथा खोलाको ईआए सम्पन्न भएकाले अबको केही दिनमा दुबै खोलाको ठेक्का लाग्ने नगरपालिकाका प्रमुख गोकर्ण पाठकले बताए।
‘बोर्ड बैठक गरेर हामी खोलाको ठेक्का लगाउँछौँ त्यो एक–दुई दिनमै हुन्छ,’ उनले भने।

जिल्लाकै सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाअन्तर्गत पर्ने जमुनिया खोलाको भने दुई पालिकाबीच ०७४ सालमै लागेको ठेक्का रकमलाई लिएर विवाद छ।

खोलाको ६५ प्रतिशत आम्दानी पटेर्वा सुगौलीले र ३५ प्रतिशत आम्दानी सखुवा प्रसौनीले लिने दुई पालिकाबीच सहमति भएको थियो। तर, ०७४ सालमा एक पटक मात्रै खोला ठेक्का लगाएर बाँकी समय जनप्रतिनिधिले नै खोलाको ठेक्का नलगाई तस्करी गराउने गरेको आरोप वर्तमान सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले लगाए।

यता, जमुनिया खोलाबारे दुई पालिकाबीच विवाद नरहेको तथा खोलाको ईआईए सम्पन्न नहुँदा खोलाको ठेक्कामा ढिलाइ भएको पटेर्वा सगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले बताइन्।

‘केही दिनमा ईआईए सम्पन्न गरी खोलाको ठेक्का लगाउने कार्य हुन्छ तस्करी त प्रहरीले रोक्ने हो हामीसित त्यति जनशक्ति पनि छैन तस्करी रोक्न,’ उनले भनिन्।

पर्सामा रहेका स्थानीय तहकै लापरवाहीका कारण राजस्व गुम्नुका साथै ती खोलाबाट अबैध रुपमा गिट्टी बालुवा चोरी–तस्करी प्रतिदन बढ्दै गएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’