वीरगञ्ज – अज्ञात समूहको गोली प्रहारबाट बारामा एक भारतीय नागरिकको मृत्यु भएको छ। गोली प्रहारबाट भारतको बिहार छौडादानो बस्ने ४५ बर्षीय शिवपुजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ ५ बजे बाराको महागढीमाई नगरपालिका–२ भुतही पुलस्थित यादवलाई दुई वटा भारतीय नम्बरको मोटरसाईकलमा आएका पाँच जनाको समूहले गोली प्रहार गर्दा उनी गम्भीर घाईते भएका थिए।

घाईते यादवको उपचारको लागि परवानीपुर गाउँपालिका–५ मा रहेको एल.एस. न्युरो अस्पतालमा ल्याइएकोमा ज्यान गएको बाराका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। गोली प्रहार गर्ने समूह फरार भएको तथा उनीहरुको खोजी भइरहेको थापाले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































