वीरगञ्ज – बाराको महागढीमाई नगरपालिका–११ मा पराल काट्ने क्रममा मेशिनबाट हात काटिँदा एक जना गम्भीर घाइते भएका छन् ।
पराल काट्ने मेसिनबाट हात काटिएर सोही स्थान मधुरी टोल बस्ने ३५ बर्षिय अमिरका प्रसाद यादव गम्भीर घाइते भएका हुन्।
आइतबार दिउँसो १ बजे ना.६ त. १५७३ नम्बरको ट्याक्टरमा जडान गरिएको पराल काटने मेशिनमा पराल काट्ने क्रममा यादवको वायाँ हातको कुहिनो भन्दा मुनिको भाग पूरै कटेको, दाहिने हातको ४ वटा औँला काटिएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
गम्भीर घाइते यादवलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको तथा टयाक्टर नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको थापाले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































