
कास्की- कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले मृतक मजदुर जितमाया घर्ती र मौसम घर्तीका छोरालाई १० हजार आर्थिक सहयोग गरेका छन्।
प्रमुख जिल्ला अधिकारीले जिल्ला बालकल्याण समितिले आकस्मिक कोषमार्फत पहिलो चरणमा विवश र विशेषणलाई १० हजार आर्थिक सहयोग गरेका हुन्।
साहाराको खोजीमा रहेका घर्तीका विवश र विशेषणलाई छिमेकीहरुले सहयोग जुटाइदिन आग्रह गर्दै आएका थिए।
बेनी सडक निर्माण लागि जाँदै गरेका जितमाया घर्ती र मौसम घर्तीको टिपर दुर्घटनामा मृत्यु भएको थियो।