
बुटवल – लुम्बिनी प्रदेशले बुधबार नयाँ मुख्यमन्त्री पाउँदैछ।
प्रदेशको मुख्यमन्त्रीको दावी पेश गर्नका लागि ७ दलको समर्थनसहित नेकपा एमाले ससदीय दलका नेता लीला गिरी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा एमालेसहितको गठबन्धनले मुख्यमन्त्रीको दावी पेश गर्नेछ।
गिरीकाे समर्थनमा एमाले २९, माओवादी ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जनमत पार्टी ३ र जसपा ३ सिट छ।
गिरीलाई लोसपाको पनि समर्थन हुने भएकाे छ। ३ सांसद रहेको लोसपाले पनि गिरीलाई समर्थन दिने लोसपा दलका नेता सन्तोष पाण्डेले बताए।
यहाँ नेपाली कांग्रेस २७, राष्ट्रिय जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र ३ जना सांसद् छन्।