पटना पुगेर पोखराबारे प्रचारप्रसार गर्दै पर्यटन व्यवसायी

पटना पुगेर पोखराबारे प्रचारप्रसार गर्दै पर्यटन व्यवसायी
+
-

पटना– पोखरेली पर्यटन व्यवसायी ‘चलिय पोखरा’ सातौँ संस्करण अभियान अन्तर्गत भारतको बिहार राज्यको राजधानी पटना पुगेका छन्।

सुन्दर शहर पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य ‘चलिए पोखरा अभियान’ का साथ उनीहरु पटना आइका हुन्। नेपाल पर्यटन वोर्डको सहयोग तथा पश्चिमाञ्चल होटल संघको आयोजनामा संचालित अभियान अन्तर्गत विहीबार पटनामा पत्रकार भेटघाट गरी ‘चलिए पोखरा’ को औपचारिक जानकारी गराएका छन् ।

अहिलेको मौसम भारतीय नागरिकलाई पोखरा घुम्नकोलागि निकै उपयुक्त गन्तव्य रहेको भन्दै पोखरेली पर्यटन व्यवसायीले पोखरा घुम्न आग्रह गरेका हुन्। पोखराका विभिन्न पर्यटकीय स्थलको बारेमा जानकारी गराउँदै भारतीय रुपैयाँ ३ हजारदेखी १३ हजार सम्मको प्याकेजमा प्रति व्यक्तिले पोखरा घुम्न सकिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख सूर्य थपलियाले भारत को सिमावर्ति विहार र उत्तरप्रदेश द्रुतआर्थिक विकास र जनसंख्याको आधारमा पनि नेपालको पर्यटनकोलागि महत्वपूर्ण बजार भएकोको र यस्तो अभियानले विगतमा पनि राम्रो परिणाम आएको बताए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले निर्वतमान अध्यक्ष भरत पराजुलीले सन् २०१२ देखि चलेको यो अभियान सातौ संस्करण सम्म आइपुग्दा निकै सार्थक भएको र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?