
काठमाडौँ – आगामी १९ फागुनबाट सहिद स्मारक ए डिभिजन लिग सुरु हुँदैछ। जसका लागि अहिले क्लबहरु धमाधम खेलाडी अनुबन्धन गरिरहेका छन्। नाम चलेका सिमित स्टार खेलाडी बाहेक औषत नेपाली खेलाडीमानै मन लगाइरहेका छन्। क्लबहरुको ध्याउन्न सिमित मात्रामा रहेको विदेशी कोटामा उम्दा खेलाडी भित्राएर उपाधि होडमा टक्कर दिनु रहेको छ।
पछिल्लो समय सहिद स्मारक ए डिभिजन लिगका लागि खेलाडी ट्रान्सफरमा उपाधि दाबेदार मानिएका चर्चित क्लबहरु नेपाली खेलाडीहरुमा औधी रुचि देखाइरहेका छैन्न्। त्यसको कारण राम्रा विदेशी खेलाडी भित्र्याउने प्रयास सार्थक्ता कति पाउँछ भनेर हो। एक क्लबका पदाधिकारी भन्छन् ‘अन्तराष्ट्रिय खेल खेलेर केहि चर्चित खेलाडीहरु थेग्नै नसक्ने गरी आफ्नो मुल्य तोक्छन्।
नेपाली स्टारलाई दिइने रकमले २ जना विदेशी अझ उम्दा खेल्ने ल्याउन सकिने रहेछ।’ त्यसोत साविक च्याम्पियन मच्छिन्द्र, मनाङ तथा थ्री स्टारले आफ्ना पुराना खेलाडीहरुलाईनै क्लबमा राख्न सकिरहेका छैनन्। उनीहरु प्रदर्शनका आधारमा सिमित मूल्यमा खेलाडी भित्राउने प्रयासमा छन्। प्रतिस्पर्धासँगै आवश्यक्ता अनुसार खेलाडीहरु थप घट गर्न सकिनेमा केही क्लबहरु आशावादी छन्।
साविक च्याम्पियन मच्छिन्द्रले केही राष्ट्रिय खेलाडीलाई अनुबन्धन गर्दा केही खेलाडीहरुले भने क्लब छोडेका छन्। गत संस्करणमा केही स्टार खेलाडीले सम्झौता नविकरण गर्दा उसको दाबेदारी छवि कायम राख्न भने विदेशी खेलाडीको प्रदर्शन मुख्य हुनेछ। त्यस्तै, सर्वाधिक ८ पटकको ए डिभिजन लिग च्याम्पियन मनाङ भने अधिकांश युवा खेलाडीको भरमा छ।
उसले आफुसँग भएका केही स्टार खेलाडीलाईपनि राख्न सकेको छैन्। प्रशिक्षक किरण श्रेष्ठले युवा टिमको विश्वास गरेको बताउँछन्। उनले टिमले आवश्यक्ता अनुसार खेलाडी क्लब भित्राउने बताए। मनाङले यसअघि आहारारा गोल्डकपका दौरान अधिकांश युवा खेलाडीलाई मैदानमा मौका दिएको थियो। स्टार खेलाडी अञ्जन विष्ट तथा पुजन उपरकोटीले मनाङ छाड्दा यो पटक मनाङको प्रदर्शन बहुप्रतिक्षित मानिएको छ। मनाङ छाडेका अञ्जन नवप्रवेशी चर्चव्वाइजमा अनुबन्धित हुँदा पुजन उपरकोटीले मच्छिन्द्रसँग सम्झौता गरेका छन्।
त्यसोत यो पटक उपाधि होडमा संकटाले आफुलाई उभ्याउने प्रयास गरिरहेको छ। मनिस डाँगी, सुनिल बल, आयुष घलान, निशान खड्का, सुरज जिउ ठकुरी लगायत खेलाडीलाई टिममा राख्दै उसले आफू लिगमा च्याम्पियन छविका साथ उत्रने संकेत गरेको छ। त्यसोत नवप्रवेशी क्लबहरुले पनि बलियो दाबेदारी देखाउँदा थ्रीस्टा, मनाङ तथा विभागिय टिम भने आन्तरिक रुपमा टिम ब्यबस्थापन गरिरहेका छन्। आर्मी यो पटक आफ्नो सधैको दाबेदारी छविलाई च्याम्पियन बनाउने प्रयास रहँदा पुलिसलाई भने पुरानो विरासत जोगाउननै सकस पर्दै आएको छ।