महिलालाई कपडा खोल्न लगाएर भिडियो बनाउने प्रयास गरेपछि…

महिलालाई कपडा खोल्न लगाएर भिडियो बनाउने प्रयास गरेपछि…
+
-

विर्तामोड-महिलाले लगाएको कपडा जबरजस्ती खोलेर भिडियो बनाउने प्रयास गरेका झापा अर्जुनधारा नगरपालिका ९ का दुई जना युवक प्रहरीको फन्दामा परेका छन्।

सोही काण्डमा मुछिएका एकजना भने फरार रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
गत विहिबार करीब १:३० बजेतिर सो घटना भएको प्रहरीको भनाइ छ।

शनिवार इलाका प्रहरी कार्यालय विर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरि प्रहरीले इलामकी एक किशोरीलाई जबरजस्ती गरेर भिडियो बनाउन खोजेर ‘ब्ल्याकमेल’ गर्न खोज्ने अर्जुनधारा ९ का १७ वर्षीय विजयबहादुर मगर र सोही स्थान बस्ने १७ बर्षिय नवीन डाँगीलाई पक्राउ गरिएको डिएसपी कोइरालाले जानकारी दिए ।

सुरुंगा घर भएकी मित आमाको घरमा आएकी इलामकी महिलालाई विहिबार मित आमाको भाइले बाइकमा इलाम पुर्‍याउने क्रममा अर्जुनधारा नगरपालिका ११ मा रहेको गिरीबन्धु चिया बगानमा ति युवकले खुकुरी देखाइ बाइक रोक्न लगाएको प्रहरीको भनाइ छ । पक्राउ परेका तथा फरार रहेका युवकले उनीहरुलाई कुटपिट समेत गरेको प्रहरीको दाबी छ ।

प्रहरी नायव उपरीक्षक कोइरालाका अनुसार ति महिला र उनका मित आमाको छोरा ‘भाइ’लाई चुम्बन गर्न लगाएर भिडियो गरेर ति युवकहरुले पैसा असुलेका थिए।

उनीहरुले अनैतिक हर्कत गर्न लगाएर फोटो खिच्नका साथै मगर, डाँगी हाल फरार रहेका एक ब्यक्ति समेत ३ जनाले पिडीत महिलाको कपडाहरु जवरजस्ती खोलेर जबरजस्ती करणी गर्न खोजेको प्रहरीको भनाइ छ । उनीहरुले जबरजस्ती गरेर बनाएको अश्लील भिडियो आफूसंग रहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए।

भिडियो बनाई सकेपछि ति युवकहरुले आफूले भनेजति पैसा निदए भिडियो फेसबुक तथा अन्य सामाजिक सञ्जालमा अपलोड धम्की दिएका थिए। पीडितहरुले ‘हामी सँग यत्रो पैसा छैन, हामी दश हजार मात्र दिन सक्छौं, बैङ्कबाट निकाल्नु पर्छ’ भन्दा पीडित महिलाको भाइको मोटरसाईकलको चाबी खोसी मोटरसाईकल र महिलालाई चियाबारी भित्र एकान्त स्थानमा लगेर राखी भाइलाई एकजनाको साथ लगाएर बैंकमा पैसा लिन पठाएको प्रहरीले जनाएको छ।

तर बैंकतर्फ आउने क्रममा पीडितको भाइ साथ लागेर आएका युवकलाई छलेर इलाका प्रहरी कार्यालय विर्तामोड आएका थिए। त्यसपछि उक्त स्थानमा प्रहरी पुग्दा महिलालाई एकान्त स्थान चियाबारी भित्र कपडा खोलिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न मध्येका नविन डाँगी र बिजय बहादुर मगरलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?