जबर्जस्ती करणीको आराेपमा निजगढ–२ का वडाध्यक्ष कारागार चलान

जबर्जस्ती करणीको आराेपमा निजगढ–२ का वडाध्यक्ष कारागार चलान
+
-

वीरगञ्ज – जबर्जस्ती करणीको अभियोग लागेका बाराको निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतले आदेश दिएको छ।

अदालतले मंगलबार मुद्दाको सुनुवाइ गर्दै वडाध्यक्ष श्रेष्ठलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो। जिल्ला अदालतकी न्यायधिश तारादेबी महर्जनले मुद्दाको सुनुवाइ गर्दै अभियुक्त श्रेष्ठलाई पुर्पक्षको लागि थुनुवामा पठाउने आदेश दिएकी हुन्।

थुनामा पठाउने अदालतको आदेश अनुसार वडाध्यक्ष श्रेष्ठलाई बीरगञ्ज कारागार कार्यालयमा पठाइएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।

असोज १९ गते वडाध्यक्ष श्रेष्ठले वडा नमबर २ कै १४ बर्षिय नाबालिकालाई आफनै घरमा बोलाएर जबर्जस्ती करणी गरेको आरोपमा नाबालिकाका अभिभावकले असोज २५ गते इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी दिएका थिए।

उजुरी परेपछि श्रेष्ठ फरार थिए । तर,उनी गएको पुस १७ गते राति आफै ईलाका प्रहरी कार्यालय निजगढमा आत्मसमर्पण गरेका थिए ।गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसबाट श्रेष्ठ वडाध्यक्षमा निर्बाचित भएका थिए।

अदालतले जबर्जस्ती करणीको अभियोगमा श्रेष्ठलाई थुनामा पठाउने आदेश दिएसँगै उनी स्वतः निलम्बनमा परेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’